खेल

पाँच सयौँ टेस्ट क्रिकेटमा भारत टस जितेर ब्याटिङ गर्दै

पाँच सयौँ टेस्ट क्रिकेटमा भारत टस जितेर ब्याटिङ गर्दै
असोज – ६ । भारतले टेस्ट क्रिकेटमा बिहीबार न्युजिल्याण्डविरुद्ध पहिलो टेस्ट क्रिकेट खेल्दैछ । यो भारतको टेस्ट क्रिकेटको पाँच सयौँ खेल हो । india-vs-neujilandकानुपुरमा सुरु भएको न्युजिल्याण्डसँगको टेस्ट क्रिकेटमा भारतले टस जितेर ब्याटिङ गर्दैछ । हालसम्म  ६७ ओभरको समाप्तिमा भारतले ५ विकेट गुमाउँदै ३.१९ को रन रेटमा २१४ रन जोड्न सफल भएको छ । भारतले न्युजिल्याण्डसँग ३ टेस्ट क्रिकेट खेल्नेछ । पहिलो श्रृंखलाको पहिलो टेस्ट बिहीबार देखि सुरु भएको हो । भारतले अहिलेसम्म खेलेका ४ सय ९९ टेस्टमा १ सय २९ मा जितेको छ भने १ सय ५७ खेलमा हारेको छ । यस्तै २ सय १२ खेल भने बराबरीमा सकिएका छन् । भारतले पहिलो टेस्ट सन् १९३२ को जुन २५ देखि २८ सम्म लडर्स मैदानमा इंग्ल्याण्डसँग खेलेको थियो । यो खेलमा भारत एक सय ५८ रनले पराजित भएको थियो । भारतको अहिलेसम्म टेस्ट क्रिकेटमा बनाएको सर्वाधिक रन भनेको ७ सय २६ हो । सन् २००९ मा मुम्बइमा भएको खेलमा भारतले ९ विकेटको क्षतिमा ७ सय २६ रन बनाएको थियो । यस्तै भारतले सन् १९७४ मा इंग्ल्याण्डसँगको खेलमा बनाएको ४२ रन उसको अहिलेसम्मकै कम रन हो ।

India new zealand Test Cricket

विशेष