खेल

भिल्लारियलसँग मड्रिड पराजित

भिल्लारियलसँग मड्रिड पराजित
असोज – ६ । ला लिगामा अपराजित यात्रा कायम राख्दै खेलिरहेको रियल मड्रिडले बुधबार राति भएको खेलमा भिल्लारियलसँग १–१ को बराबरी खेलेको छ । real-madrid-vs-laligaअपराजित यात्रा कायम रहेपनि ला लिगामा लगातार १७ आैँ जित दर्ता गर्दै बार्सिलोनाको कीर्तिमान तोड्ने मौका भने गुमाएको छ । पहिलो हाफको अन्तिममा पाएको पेनाल्टीको अवसरलाई सदुपयोग गर्दै ब्रुनो सोरिएनोले भिल्लारियललाई १–० को अग्रता दिलाए । दोस्रो हाफको सुरुमै सर्जियो रामोसले रियलका लागि बराबरी गोल फर्काए । ग्यारेथ बेल, करिम बेन्जिमा र क्रिष्टियानो रोनाल्डो जस्ता खेलाडिले यो खेलमा केही जादु देखाउन सकेनन् । जसका कारण मड्रिडले बार्सिलोनाको कीर्तिमानलाई बराबरी त गर्यो तर तोडेर आफ्नो नाममा लेखाउन सकेन । बार्सिलोनाले सन् २०१०–११ को सिजनमा पेप गार्डिवलाको प्रशिक्षणमा बार्सिलोनाले लगातार १६ जित दर्ता गरेर कीर्तिमान बनाएको थियो ।

la liga Real Madrid

विशेष