खेल

म्यानचेस्टरसँग नर्थह्यामप्टन पराजित

म्यानचेस्टरसँग नर्थह्यामप्टन पराजित
असोज – ६ । म्यानचेस्टर युनाइटेडले बुधबार राति भएको खेलमा नर्थह्यामप्टन टाउनलाई ३–१ ले हराएर चौथो चरणमा प्रवेश गर्न सफल भएको छ । manchester-city यसअघि युनाइटेडले प्रिमियर लिगमा म्यानेचेष्टर सिटी र वाट्फोर्ड तथा युरोपा लिगमा स्याण्डविचसँग पराजित भएको थियो । यसरी ३ खेलमा लगातार हार व्यहोर्दा युनाइटेड निकै दबाबमा परेको थियो । नर्थह्यामप्टनसँगको खेलमा म्याचेस्टर युनाइटेडलाई जिताउन माइकल क्यारिक, एन्देर हरेरा र मार्कस रासफोर्डले एक एक गोल गरे । नर्थह्यामप्टनका एलेक्स रेवेलले एक गोल फर्काए । यस्तै अन्य खेलमा म्यानचेस्टर सिटीले स्वान्सी सिटीलाई २–१ ले हराएको छ । टोटनह्यामले गिलिङह्यामलाई ५–० ले हरायो । हल सिटीले स्ट्रोक सिटीलाई २–१, वेष्ट ह्यामले एकरिङटनलाई १–०, साउथह्यामप्टनले क्रिष्टल प्यालेसलाई २–० र सन्डरल्याण्डले क्युपिआर तथा ब्रिस्टोल सिटीले फुलहमलाई समान २–१ ले हराएर चौथो चरणमा स्थान बनाएका छन् ।

manchester city Northhampten

विशेष