मनोरञ्जन

सिधुले कपिल शर्माको कार्यक्रम छाेड्ने

सिधुले कपिल शर्माको कार्यक्रम छाेड्ने
असोज – ६ । भारतीय कमेडियन कपिल शर्माको टिभी कार्यक्रमको सुरुवातबाट नै संलग्न रहेका पूर्व क्रिकेटर नवजोत सिंह सिधु आगामी महिनादेखि भने उक्त कार्यक्रममा देखिने छैनन् । sidhu-and-kapil स्रोतका अनुसार उक्त सोबाट वार्षिक २५ करोड रुपैयाँ कमाउने सिधुले आफू राजनीतिमा सकृय सहभागिता जनाउनको लागि आफैँले स्थापना गरेको नयाँ पार्टी ‘आवज ए पन्जाब’लाई गति दिन कार्यक्रम छाड्ने निर्णय गरेका हुन् । सिधुकै श्रीमतीले कमेडी सो छाड्ने कुराको पुष्टि गरेसँगै फ्यानहरु निराश भएका छन् । उनको हाँसो र समयानुकुल सायरीलाई दर्शकले मिस गर्ने छन् ।

kapil sharma Nabajot singh Sudhu

विशेष