मनोरञ्जन

धुर्मुसको जन्म दिनको उपहार बालमैत्री लघु चलचित्र ‘ज्योति’ (भिडियोसहित)

धुर्मुसको जन्म दिनको उपहार बालमैत्री लघु चलचित्र ‘ज्योति’ (भिडियोसहित)
असोज – ६ । हास्य कलाकार सिताराम कट्टेल (धुर्मुस)ले जन्म दिनको अवसर पारेर उपहार स्वरुप बालमैत्री लघु चलचित्र ‘ज्योति’ सार्वजनिक गरेका छन् । विभिन्न मन्त्रालयका सचिवहरुको उपस्थितिमा लघु चलचित्रको विशेष शो गरिएको हो । jyoti-short-movie ज्योतिको नेपालको पहिलो बालमैत्री नगरपालिका नवलपरासीको सुनवलमा छायाँकन गरिएको हो । यो फिल्मले बालमैत्री स्थानीय स्वायत्त शासनको आवश्यकतामा जोड दिएको छ । बाल अधिकार र बालमैत्री समाजले देश विकासमा सहयोग पुर्याउन यो लघुचलचित्र धुर्मुस र सुन्तलीले निर्देशन गरेका हुन् । उनी अहिले गिरान्चौर एकीकृत बस्ती निर्माणमा व्यस्त छन् । दीपक आचार्यको लेखनमा निर्माण भएको यस लघु चलचित्रमा धुर्मुस सुन्तलीसँगै यमन श्रेष्ठ, जानुका पौडेल, संगम विष्ट, अविरल अधिकारी, विपना शर्मालगायतको अभिनय छ । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयको लागि युनिसेफको सहयोगमा ज्योतिलाई धुर्मुस सुन्तली फाउण्डेशनले निर्माण गरेको हो । चलचित्र हेरिसकेपछि बोल्ने वक्ताहरुले फिल्मको प्रशंसा गरेका छन् । फिल्ममा बालमैत्री समाज बनाउने सपना बोकेका एकजना बालक र बालिकाको संघर्षको कथालाई प्रस्तुत गरेको छ । चलचित्रको विशेष शोसँगै युट्युबमा पनि सार्वजनिक गरिएको छ ।

dhurmush Suntali Jyoti

विशेष