मनोरञ्जन

ओबामाकी छोरीले शेयर गरिन निलमको तस्बिर

ओबामाकी छोरीले शेयर गरिन निलमको तस्बिर

neepal

नेपालकी ख्यातिप्राप्त नृत्यांगाना नीलम ढुंगानालाई अमेरिकी राष्ट्रपति बाराक ओबामाकी छोरी मालिया ओबामाले सामाजिक संजाल फेसबुकमा जन्मदिनको शुभकामना दिएकी छन् । नीलमको उभिएको तस्बिरमा कसैले आज उनको जन्मदिन हो भन्ने क्याप्सन राखेर पोष्ट गरेको रहेछ ।

कसैले आफ्नो पेजको लाइक बढाउन मात्र नीलमको जन्मदिनको शुभकामना दिउँ भन्ने आशयको क्याप्सन हालेर उक्त पोष्ट गरिएको थियो । त्यो तस्बिर सामाजिक सञ्जालमा यरी भाइरल भयो कि लाइकको संख्या लाखौं पुग्यो । त्यस्तै सेयरको संख्या बढ्दै जाँदा यही तस्बिर प्रयोग गर्दे मालिया ओबामाले पनि उनको जन्मदिनमा यी सुन्दर युवतीलाई शुभकामना दिऊँ भनेर स्टाटसमा पोष्ट गरिन ।

मालियाको स्टाटसमा हजारौं कमेन्ट आएका छन् । जसमा नीलमलाई जन्मदिनको शुभकामना दिइएको छ । मेरो तस्बिर त्यो स्थानमा पुगेर उहाँले शेयर गर्नु भएकोमा म खुसी छु निलमले भनिन् ।

Neelam Dhungana

विशेष