याहूका ५० हजार प्रयोगकर्ताको एकाउण्ट ह्याक
असोज ७ । इन्टरनेट कम्पनी याहूले आफना ५० हजार भन्दा बढी प्रयोगकर्ताको एकाउण्ट ह्याक भएको दावी गरेको छ । ह्याक गरिएका डाटामा प्रयोगकर्ताको नाम, इमेल, फोननम्बर, पासवर्ड लगायत अन्य महत्वपूर्ण जानकारी समाबेश रहेको याहूले जनाएको छ ।
याहूले आफना सबै प्रयोगकर्तालाई सन् २०१४ पछि प्रयोगमा रहेको आफ्नो पासवर्ड परिवर्तन गर्न अपिल समेत गरेको छ । साइबर जगतमै अहिलेसम्मको ठूलो र गम्भिर आक्रमण भएको याहूको दावी छ । गत अगष्टमा पिस नाम गरेको एक ह्याकरले २० करोड बढी प्रयोगकर्ताको एकाउण्टमा रहेका महत्वपूर्ण जानकारी बेच्ने कोशिष गरेको थियो ।
पटकपटक भएका साइबर आक्रमणको बिषयमा अमेरिकी संघीय अनुसन्धान व्यूरो एफविआईले अनुसन्धान जारी राखेको जनाइएको छ । गत जुलाइमा अमेरिकी टेलिकम कम्पनी भेरिजोनले याहूलाई ४ सय ८० करोड डलरमा खरिद गरेको थियो ।
Yahhoo