मनोरञ्जन

करिना भन्छिन् - गर्भवती भएपछी झन् राम्री भएँ

करिना भन्छिन् - गर्भवती भएपछी झन् राम्री भएँ
असोज - ७ । ‘कभी खुसी कभी गम, ‘जब वि मेट’, ‘थ्री इडियट’लगायतका चर्चित फिल्ममा अभिनेत्री करिना कपुरको अनुहार मात्र होइन, उनको कपालको सौन्दर्यले पनि धेरैलाई मोहित पार्यो । kareena-kapoor-khan नपरोस् पनि किन, उनी आफ्नो कपालको विशेष ध्यान दिन्छिन् । कतिसम्म भने करिनाले छोटो कपाल बनाउनुपर्ने भूमिकालाई धेरैपटक अस्वीकार पनि गरेकी छिन् । उनले कपाललाई अत्याधिक ध्यान दिने गरेको त केही दिनअघिको उनको अभिव्यक्तिले पनि प्रमाणित गरेको छ । उनले भनेकी छिन् ‘गर्भवती भएपछि मेरो छाला राम्रो भयो । योसँगै मेरो कपाल झन् राम्रो भएको छ ।’ आफू कपालको क्रेजी भएको र अहिलेको कपालले झन् आफूलाई खुसी बनाएको उनको भनाइले अहिले बलिउडमा चर्चा कमाएको छ । करिना डिसेम्बरमा आमा बन्दै छिन् ।

Beutiful kareena kapoor

विशेष