स्वास्थ्य

टाइफाइड हुने कारणहरु

टाइफाइड हुने कारणहरु
असोज ७ । टाइफाइड प्रायः गर्मीयाममा आउने एक प्रकारको ज्वरो हो । साल्मोनेला समूहको जिवाणु मानव शरीरमा प्रवेश गरेपछि त्यसले टाइफाइड गराउँछ । साल्मोनेला समूहका धेरै खालका जिवाणु हुन्छ तर टाइफाइड भएका विरामीमा बढीमात्रामा साल्मोनेला टाइफाई र प्यारा टाइफाइडका जिवाणुहरु भेटिन्छन् । tiefide नेपालको सन्दर्भमा हेर्ने हो भने यो रोगबाट बढीमात्रामा १५ वर्षभन्दा कम उमेरका केटाकेटीहरु प्रभावित हुने गरेको देखिएको छ । टाइफाइड हुने कारण यस्ता छन् : १.असुरक्षित खाना र फोहोर पानीमा पाइने सालमोनेलाटाइफी ब्याक्टेरियाका कारण टाइफाइड लाग्ने गर्दछ । २.जहाँ पायो त्यहाँको पानी नउमाली पिउने, जथाभावी  बनाइएका खाना खाने र सफापानीले नपखाली फलफूल खाँदा टाइफाइड हुने हुँदा यसलाई आन्द्राबाट आउने ज्वरो पनि भनिन्छ । ३.ज्वरो आउने, जिउ दुख्ने,पेट दुख्ने,दुई हप्तासम्म कटेपछि कलेजो फियो बढ्ने यसका लक्षण हुन् । ४.कडा खालको टाइफाइड लामो समयसम्म रहेमा आन्द्रालाई प्वाल पार्ने सम्भावना हुन्छ । ५.स्वास्थ्यचौकी गएर चिकित्सकको सल्लाहमा उपचार गर्नुपर्ने हुन्छ ।

joro Tiefide

विशेष