स्वास्थ्य

यस्ता छन् घुँडा खिइने समस्य, कारण, उपचार विधि तथा बच्ने उपाय

यस्ता छन् घुँडा खिइने समस्य, कारण, उपचार विधि तथा बच्ने उपाय
असोज - ७ । घुँडा मानव शरीरको अत्यन्त महत्वपूर्ण जोर्नी हो । हिँडडुल गर्दा, दौड्दा, फुटबल, भलिबल लगायतका खेल खेल्दा, पलेटी मारेर भुइँमा बस्दा, दिसापिसाब गर्न बस्दा घुँडा नै बढी चल्दछ शरीरका अरु जोर्नीहरूमा जस्तै घुँडाको जोर्नीभित्र पनि एक प्रकारको नरम चिप्लो पदार्थ हुन्छ । यसलाई ‘कार्टिलेज’ भनिन्छ । knee-pain-ghuda त्यस्तै जोर्नीभित्र निश्चित मात्रामा एक प्रकारको तरल पदार्थ पनि हुन्छ, जसलाई ‘साइनोभियल फ्लुड’ भनिन्छ । ‘कार्टिलेज’ र ‘साइनोभियल फ्लुड’को मद्दतले घुँडालाई हिँडडुल गर्ने बेलामा घर्षण हुनबाट बचाउनुका साथै राम्रोसँग घुँडा चलाउन मद्दत गर्छ । कुनै पनि कारणले घुँडाको ‘कार्टिलेज’ रगडिएर पातलो हुने अवस्थालाई हामी सरलरुपमा बुझ्न घुँडा खिइएको भन्छौ ।   घुडाँ खिइनुका कारणहरु १.घुँडा खिइनु कसैकसैमा वशांणुगत समस्या हुन्छ । २.चोटपटक लागेमा पनि यसको समस्या पैदा हुन्छ । ३.धेरै शारिरीक परिश्रम गरेको खण्डमा घुडा खिइन्छ ४.शरीरको तौल अत्यधिक बढ्यो भने पनि घुँडा खिइने गर्दछ । ५.यो रोग ४५ वर्ष उमेर कटेपछि देखिने रोग पनि हो । लक्षणहरु १.घुँडा खिइँदा असाध्यै दुख्नु । २.घुँडाको दुखाई नै यसको प्रमुख लक्षण हो । ३.घुँडा बांगो देखिनु, खुट्टा सुन्निनु पनि यसको लक्षण हो । ४.जोर्नी कडा हुनु, घुँडा चलाउँदा दुख्नु, बसेपछि उठ्न गाह्रो हुनु । ५.भर्याङ उक्लिँदा ओर्लिंदा समस्या हुनु । ६.टुक्रुक्क बस्दा, पलेटी कसेर बस्दा र ओरालो झर्दा कठीन हुनु रोगको पहिचान अधिकाशं मानिसले घुँडा दुख्नासाथे युरिक एसिड बढ्यो कि भनेर सोध्ने गर्छन् । वास्तवमा युरिक एसिड बढ्यो भने पनि घुँडा लगायतका जोर्नी दुख्ने गर्दछ । त्यसैले घुँडा दुख्नासाथ वास्तविक कारण पत्ता लगाउन विशेषज्ञ चिकित्सकलाई जँचाउनु नै उपयुक्त हुन्छ । घुँडा खिइए वा नखिइएको पत्ता लगाउन एक्सरे गरेर हेर्न सकिन्छ । एक्सरेमा जोर्नीको भाग कम भएको देख्न सकिन्छ । उपचार विधि यदि धेरै नै घुडा दुख्यो भने एक दुई हप्तासम्म एन्टी इन्फ्लामेटरी औषधि सेवन गर्न सकिन्छ । तर, लगातार यस्तो औषधि सेवन गर्दा शरीरलाई उल्टो हानी पुग्छ । चिकित्सकको सल्लाहविना लामो समय यस्तो औषधि खाँदा मिर्गौला फेल हुने र ग्यास्ट्रिक बढ्ने लगायतका समस्या हुन्छ ।यसको उपचार खास गरी फिजियोथेरापी, औषधि सेवन र शल्यक्रिया गरी तीन प्रकारले गर्न सकिन्छ । यदि शल्यक्रिया नै गर्नुपरेमा आर्थोस्कोपी, ओस्टियोटोमी र घुँडाको मर्मत, जसलाई आर्थोप्लाष्टी भनिन्छ, पनि गर्न सकिन्छ । बच्ने उपाय १.घुँडाको दुखाई छ भने आराम गर्ने गर्नुपर्छ । २.शरीरको तौल बढ्नाले घुँडा दुख्ने समस्या हुने भएकाले तौल घटाउनु पर्दछ । ३.नियमित व्यायाम गर्ने गर्नुपर्दछ । ४.व्यायामले घुँडाको वरिपरिको मांसपेशीलाई बलियो बनाउने र दुखाई कम गराउँछ । ५.कमोड ट्वाइलेटको प्रयोग गर्ने राम्रो मानिन्छ । ६.चिसोबाट बँच्न घुँडाको क्याप र घुँडाको ब्रेसेसहरु लगाउने गर्नुपर्छ ।

Ghuda Jorni Dukhne Knee

विशेष