कर्पोरेट

कोकाकोलाद्वारा ‘मन खोलौँ कोकसँग’ अभियानको घोषणा

कोकाकोलाद्वारा ‘मन खोलौँ कोकसँग’ अभियानको घोषणा
असोज – ७ । कोकाकोलाले ‘मन खोलौँ कोकसँग’ भन्ने नयाँ अभियानको घोषण गरेको छ । कोकाकोलाले जीवनका महत्वपूर्ण सम्बन्ध दर्शाउने गरी १५ वटा संदेशसहित नयाँ लेबलका प्याक सार्वजनिक गरेको हो ।   उत्सवको अवधिभर सम्बन्धहरु तथा परिवारहरुको सम्मानमा यी प्याकहरुले हाम्रा मनपराईएकाहरुसँग आफ्नो भित्रि भावनाहरु व्यक्त गर्न र हामीले भन्न नसेका भावना बाँड्नका लागि अवसर प्रदान गर्दछ । परिवारका सदस्यहरु ऋथवा आफन्तहरु वा साथीहरु वा सम्मानित व्यक्तिहरु, सबै मनपरेका व्यक्तिहरुका लागि उपभोक्ताहरुले आफूले चाहेको प्याक खरीद गरेर हरेकका लागि संदेश सहित उपहार प्रदान गर्न सक्नेछन् । कोकाकोला नेपालका देशिय निर्देशक अलोक कोहलीले भावना साट्दै भने – ‘दशैं आर्शिवाद थाप्ने तथा एक आपसमा जोडिने महोत्सव हो, कोकाकोला आफ्ना उपभोक्ताहरुलाई साथीहरु तथा परिवारसँग जोडिन सहयोग गर्न चाहन्छ ।’ गायक रामकृष्ण ढकालले आफ्नी प्रियतम नीलम साह ढकाललाई तिमी र म सँधै सँग–सँगै भन्दै बोतल प्रदान गरेका थिए । अन्य सेलिब्रेटीहरुले उनीहरुका प्रियजनहरुलाई संदेश सहितको प्याकहरु उपहार प्रदान गरेका थिए । बोटलर्स नेपाल लिमिटेडका निर्देशक श्री पुनित भार्शनेले भने – ‘हामीले कोकाकोलाको बोतलहरुमा एकै समयमा विभिन्न १५ वटा फरक सम्बन्धहरु सार्वजनिक गरेका छौँ, जुन हाम्रा उपभोकताहरु लाई व्यक्तिगत रुपमा आफ्नो परिवार र साथीहरुसँग जोड्ने माध्यम हुनेछ ।‘

Coca cola

विशेष