समाज

जब गगन थापालाई आफ्नै सासुले व्यंग्य गरिन्

जब गगन थापालाई आफ्नै सासुले व्यंग्य गरिन्
pratima असोज ८ । कांग्रेस महाधिवेसनमा तपाईका पति अर्जुन नरसिंह केसी र ज्वाई गगन थापा महामन्त्रीमा उठ्ने कुराले तनाव भयो होला नी ? प्रतिमा केसी (अर्जुन नरसिंह केसीकी पत्नी)– म र छोरी (गगन पत्नी) लाई जति तनाव कसलाई भयो होला र ? अच्चम लाग्यो, यो राजनीति भन्ने चिच यस्तो पनि हुँदो रहेछ । तपाईचाहिँ कसको पक्षमा हुनुहुन्थ्यो ? –मलाई त सय प्रतिशत श्रीमानको दाबी ठीक लागेको थियो । उहाँ सिनियर पनि हो, क्यापेबल पनि हो । ज्वाई पनि क्यापेबल हुनुहुन्छ । तर, त्यतिखेर उहाँमा परिपक्वता नदेखिएको जस्तो लाग्यो । यो कुरा पछि ज्वाईले पनि फिल गरेको हुनुपर्छ । फेरि त्यो नयाँ पुस्ता र पुरानो पुस्ताको लडाई पनि थियो । जेहोस्, उहाँहरु दुवैले जनताका लागि राम्रो काम गरेको देख्न पाइयोस । महाधिवेशनको प्रतिस्पर्धाले पारिवारिक दुरी त बढेन नी ? –कत्ति पनि बढेन । हामी र उहाँहरु कसैले पनि त्यसलाई अन्यथा लिएनौं । बरु मैले मन्त्री छनौटको कुरा चलिरहेको बेला मैले ज्वाईलाई ‘तपाई त सिटौलाजीको खेमाबाट मन्त्री बन्नु हुन्छ होला नी ? ’ भनेर जिस्काउँथे ।  अर्जुन नरसिंह केसीकी पत्नी प्रतीमाको नयाँ पत्रिकामा प्रकाशित अन्तर्वार्ताबाट

विशेष