खेल

वाई–वाई ईपिएल आजदेखि शुरु

वाई–वाई ईपिएल आजदेखि शुरु

epl-waiwai

असोज–८ । वाई–वाई एभरेस्ट प्रिमियर लिग (ईपीएल) टी–२० क्रिकेट प्रतियोगिता शनिबार देखि सुरु हुँदैछ । ६ फेन्चाइज टिम राखेर बनाइएको लिग असोज–१७ गतेसम्म चल्ने छ । जसमा विशाल वारियर्स, कलर्स एक्स फ्याक्टर्स, पञ्चकन्या तेज, कान्तिपुर गोखार्ज, जगदम्बा राइनोज र सगरमाथा लिजेन्ड्सले प्रतिस्पर्धा गर्दैछन् । राउन्ड रोबिन लिगका आधारको शीर्ष दुईमा रहने टिमले फाइनल खेल्नेछन् । यसका पुरै खेल कान्तिपुर गोल्ड टेलिभिजनबाट प्रत्यक्ष प्रसारण गरिने छ । नेपालमा पहिलो पटक यति ठूलो प्रतियोगिता आयोजना हुन लागेको हो । सन् २००५ मा एसीसी यू–१९ मा नेपाली टिमलाई प्रायोजन गर्दै वाईवाई नेपाली क्रिकेटमा प्रवेश गरेको थियो । नेपाली क्रिकेटमा कुनै प्रायोजक नहँुदा चौधरी ग्रुप नेपाली क्रिकेटसँग जोडिएको थियो ।

यसका साथै सबै टिमसँग नेपालका ठूला कर्पोरेट हाउसहरु जोडिएका छन् । यसले नेपाली क्रिकेटलाई बजारीकरण अर्थात् व्यवसायीकरणमा एक पाइला अघि बढाएको छ ।

यसअघि जोहरा म्यानेजमेन्टले दुई वर्षअघि एनपीएल (नेपाल प्रिमियर लिग) आयोजना गर्दा पनि ६ फ्रेन्चाइज टिम तयार भएका थिए जसमा प्रत्येक टिमका मालिकले १५–१५ लाख रुपैयाँ आयोजक जोहरालाई बुझाएका थिए । २०७१ को वैशाखमा ५० ओभरको एनपीएल धनगढीमा भएको थियो ।

तर, नेपाल क्रिकेट संघ (क्यान) को विवादले एनपीएललाई हानी पु¥यायो । जसका कारण एनपीएलबाट क्यान अलग्गियो । यसरी समस्या सिर्जना भएपछि एनपीएलको टी–२० क्रिकेट प्रतियोगिता अन्यौलमा परेको थियो । यस्ता सबै अन्योल चिर्दै शनिबार वाई–वाई ईपीएलको भने प्रतियोगिता सुरु हुँदैछ । केही वर्ष यता राजनीतिक र व्यक्तिगत स्वार्थका कारण क्रिकेट धरापमा रहेको थियो र घरेलु क्रिकेट पनि शून्य रहेको थियो । यस्तो बेला आयोजना हुन लागेको ईपीएललाई नेपाली क्रिकेटमा नयाँ आयाम थप्ने विश्वास लिइएको छ ।

यस्तोमा सन् २०१४ को ट्वान्टी–ट्वान्टी विश्वकपमा नेपालको छनौट पनि बिर्सन कसरी सकिएला र ? त्यस समयलाई नेपाली क्रिकेटले आत्मसात् गरेको अहिलेसम्मकै ठूलो उपलब्धि मान्न सकिन्छ । नेपालले बंगलादेशमा वल्र्ड टी–२० क्रिकेटका समय सम्झनु यसकारण पनि उचित मानिन्छ कि अर्को संस्करणको वल्र्ड ट्वान्टी–ट्वान्टी छनोट नजिकै छ र अहिलेको ईपीएलले त्यसको तयारीमा ठूलो भूमिका खेल्ने विश्वास रहेको छ ।

आईपिएल (इन्डियन प्रिमियर लिग)को शैलीमा हुने ईपीएल प्रतियोगितामा प्रत्येक टीमका कप्तानले हरेक खेलबापत २० हजार रुपैयाँ पाउनेछन् । यसै क्रममा विशाल वारियर्समा पारस खड्काले कप्तानी समाल्नेछन्, त्यस्तै कलर्स एक्स फ्याक्टर्समा ज्ञानेन्द्र मल्ल, जगदम्बा राइनोजमा शक्ति गौचन, कान्तिपुर गोर्खाजमा वसन्त रेग्मी, पञ्चकन्या तेजमा शरद भेष्वाकर र सगरमाथा लिजेन्ड्समा विनोद भण्डारीको कप्तानी रहनेछ ।

विशेष