दसैँको टीकाको साइत बिहान पौने ९ बजे
असोज–८ । नेपाल पञ्चांङ निर्णायक समितिले यसवर्षको दसैँको टीकाको उत्तम साइत बिहान पौने ९ बजे रहेको जानकारी दिएको छ । नेपाल पञ्चाङ निर्णायक समितिका अध्यक्ष प्राध्यापक रामचन्द्र गौतमले बिहान ८ बजेर २५ मिनेटमा देवी विर्सजनको उत्तम साइत र ८ बजेर ४५ मिनेटमा टीकाको उत्तम साइत रहेको बताए ।
उत्तम साइत पौने ९ बजे भनेपनि कोजाग्रत पूर्णिमाको दिनसम्म जतिबेला पनि टीका लगाउन सकिने गौतमले बताएका छन् । आउँदो १५ गते घटस्थापना शुरु भई २५ गते विजया दशमी र २९ गते कोजाग्रत पूर्णिमाका दिन यसवर्षको दसैँ सकिनेछ ।