खेल

महिला हिंसा न्युनिकरणका लागि प्राध्यापक र संघबीच मैन्त्रीपुर्ण क्रिकेट

महिला हिंसा न्युनिकरणका लागि प्राध्यापक र संघबीच मैन्त्रीपुर्ण क्रिकेट
असाेज - ८ । विश्व विद्यालयका प्राध्यापक र कञ्चनपुर क्रिकेट संघबीच शनिवार महेन्द्रनगरको खुला मञ्चमा  मैत्रीपुर्ण क्रिकेट खेल गरिएकाे छ । महिला हिंसा न्यनीकरणका लागि द्वन्द्वपीडित तथा एकल महिला विकास केन्द्रको आयोजनामा मैन्त्रीपुर्ण क्रिकेट खेल गरिएकाे हाे । cricket महिला अधिकार सुनिश्चितताका लागि एक्यबद्धता, लैङ्गिकहिंसा मुक्त समाज निर्माण गर्ने हाम्रो प्रतिवद्धता भन्ने मुल नाराका साथ खेल अायाेजना गरिएकाे थियाे । समाजमा बढ्रदै गईरहेको लैङ्गिकहिंसा न्यनिकरण गर्न , जनचेतना फैलाउनका निमित्त खेलाडि, प्रध्यापकहरुको समाजसंग प्रत्यक्ष सम्पर्क हुने हुँदा उनीहरुलाई खेलका माध्यम वाट परिचालित गर्न सके लैङ्गिक हिंसामा कमि ल्यान सकिने र उनीहरुका माध्यमले सर्वसाधारणमा लैङ्गिकहिंसा सम्वन्धी ज्ञान प्रभाह हुन सक्ने भन्दै प्रध्यापक र खेलाडि विच एक दिवसिय मैन्त्री क्रिकेट खेलको आयोजना गरीएको केन्द्रका संयोजक प्रभुनिधि पन्तले बताए । मैन्त्रपुण खेल हेर्न विद्यार्थि, खेलाडि, नागरीक समाज, सुरक्षा निकाय, पत्रकार लगायतको सहभागिता रहेको थियो भने खेल २०÷२० ओभरको खेलाईएकोे थियो ।

Cricket In nepal

विशेष