गौ हत्याको आरोपमा ३ पक्राउ

असोज - ८ । कञ्चनपुरको पुनर्वास नगरपालिका–१५ का तीनजनालाई प्रहरीले गौ हत्याको आरोपमा पक्राउ गरेको छ ।
गाईको बाच्छाको मासु काटिरहेका बेला इलाका प्रहरी कार्यालय, बेलौरीअन्तर्गत पर्ने फटिया प्रहरी चौकीको टोलीले पुनर्वास नगरपालिका–१५ अंशुवर्मा बस्ती कोटिहोमडाँडाका ४० वर्षीया सानुमाया तामाङ, ४० वर्षीया कान्छीमाया तामाङ र ४० वर्षीय काले तामाङलाई रङ्गेहात पक्राउ गरेको हो ।
“घटनास्थल इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीअन्तर्गत पर्ने हुँदा थप अनुसन्धानका लागि इप्रका त्रिभुवनबस्तीमा बुझाएका छौँ” बेलौरी इप्रकाका प्रहरी निरीक्षक भरत चौधरीले भने ।
पक्राउ परेका तीनै अभियुक्तविरुद्ध गौ हत्यासम्बन्धी मुद्दा चलाइने उनले बताए । गौ हत्या गर्नेलाई १२ वर्षसम्म कैदको व्यवस्था रहेको छ । रासस
Kanchanpur
pakraw
