चीनतिर सडक खोल्दा पर्यावरण बिग्रिने, चुरेमा यस्तो हुँदा चाहिँ के नी ?
असोज ९ । दुई वर्षअघि सरकारले मुलुकको ३६ जिल्लामा पर्ने चुरे क्षेत्रका गाविस र नगरपालिकालाई वातावरण संरक्षण क्षेत्र घोषणा गर्यो ।
असार १६, २०७१ मा भएको विज्ञान प्रविधि तथा वातावरण मन्त्रालयस्तरीय उक्त निर्णय नेपाल राजपत्र भाग ५ मा प्रकाशित छ । लगत्तै उक्त क्षेत्रबाट ढुंगा गिटी, बालुवालगायत नदीजन्य पदार्थ संकलन, उत्खनन् नगर्न सम्बन्धित निकायलाई निर्देशन गरियो ।
संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले पनि ०७१ साउन १ गतेबाट सोही निर्णयअनुसार काम गर्न र गराउन सार्वजनिक सूचना प्रकाशित गर्यो ।
यद्यपि सरकारकै जिम्मेवार निकायले उक्त निर्देशन पालनामा आनाकानी गर्दा चुरे दोहन थामिएको छैन । जिल्ला विकास समिति सिरहाले बर्सेनि लागउने नदीजन्य पदार्थ बिक्री ठेक्कामा नै उक्त निर्णय पालना गराउँदैन । –नागरिक दैनिकबाट