खेल ताजा खबर

बार्सिलोनालाई मेसीको अभाव खड्किएन, गोजनलाई बार्षिलोनाको ५ गोल

बार्सिलोनालाई मेसीको अभाव खड्किएन, गोजनलाई बार्षिलोनाको ५ गोल

barsa असोज ९ । ला लिगा अन्तर्गत शनिबार राति भएको स्पोर्टिङ डी गिजोनसँगको खेलमा शानदार जित निकाल्दै बार्सिलोनाले रियल मड्रिडसँगको अंक दूरी छोट्याएको छ । बार्सिलोनाले १० खेलाडीमा सीमित भएको गिजोनलाई ५–० ले हरायो । बार्सिलोनाको जितमा नेइमारले दुई तथा लुइस स्वारेज, आर्द तुरान र राफिन्हाले एक एक गोल गरे ।

लियोनल मेस्सी बिना खेलेको बार्सिलोनाका लागि २९ औं मिनेटमा स्वारेजले गोल गर्दै सुरुवाति अग्रता दिलाए । त्यसको तीन मिनेटपछि राफिन्हाले बार्सिलोनाको अग्रता दोब्बर पारे । ७४ औं मिनेटमा लोरा दोहोरो पहेँलो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि स्पोर्टिङ १० खेलाडीमा सीमित भयो । अन्तिमको ९ मिनेटमा बार्सिलोनाले थप तीन गोल र्गयो ।

bg

नेइमारले ८१ तथा तुरानले ८५ औं मिनेटमा गोल गरेपछि बार्सिलोनाको अग्रता ४–० मा पुग्यो । ८८ औं मिनेटमा नेइमारले व्यक्तिगत दोस्रो गोल गर्दै बार्सिलोनालाई ५–० को शानदार जित दिलाए । जितपछि दोस्रो स्थानमा उक्लिएको बार्सिलोनाको ६ खेलबाट १३ अंक भएको छ । शीर्ष स्थानको रियल मड्रिडको १४ अंक छ । गएको बुधबार राति ला लिगा अन्तर्गत एथ्लेटिको मड्रिडसँगको खेलको क्रममा चोटग्रस्त भएको मेस्सी मैदानमा थिएनन् ।

la liga

विशेष