खेल

टी–ट्वान्टी क्रिकेटमा पञ्चकन्याको विजयी सुरुआत

टी–ट्वान्टी क्रिकेटमा पञ्चकन्याको विजयी सुरुआत
  असाेज - ९ । पहिलो दिन बर्षाले खेल सम्भव नभएको वाईवाई ईपीएल ट्वान्टी ट्वान्टी क्रिकेटमा आइतबार पहिलो खेल सम्भव भयो र त्यसमा विजयी रह्यो, पञ्चकन्या तेज । कीर्तिपुरको टीयू मैदानमा पञ्चकन्याले जगदम्बा राइनोजलाई छ विकेटले हरायो । cricket जितका लागि १ सय ३० रनको लक्ष्य पाएको पञ्चकन्याले १९ ओभरको समाप्तिमा हात पारेको थियो । एक ओभरको खेल बाँकी रहेको स्थितिमा पञ्चकन्याले चार विकेट गुमाएर १ सय ३३ रन बनायो । आरिफ सेखले विजयी छक्का प्रहार गरे र ३३ रन बनाएर नटआउट रहे । चोटबाट मुक्त हुँदै लामो समयपछि क्रिकेटमा फर्केका पृथु बास्कोटाले ४८ रन बनाए । उनले ४६ बलको सामना गरेर चार चौका र दुई छक्का प्रहार गरे । यस्तै, कप्तान शरद भेषवाकरले २५ बलमा चार चौकासहित २७ रन बनाए । यसअघि टस हारेर पहिले ब्याटिङका लागि ओर्लेको जगदम्बा राइनोजले निर्धा्रित २० ओभरमा चार विकेट गुमाएर १ सय २९ रन बनाएको थियो । उसका लागि सोमपाल कामीले सर्वा्धिक ४३ रन बनाए र नटआउट रहे । उनले २० बलको सामना गरेर दुई चौका र चार छक्का प्रहार गरे । सोमपालले कप्तान शक्ति गौचनसँग मिलेर ६४ रनको साझेदारी गरे । शक्तिले २३ बलमा २९ रन बनाए र त्यसमा एक चौका र एक छक्का सामेल थियो । जगदम्बाका लागि प्रारम्भिक ब्याट्सम्यान महेश क्षेत्रीले ३० रनको योगदान दिएका थिए । पञ्चकन्याका तर्फबाट सुशील काडेलले १२ रन खर्चेर तीन विकेट लिए ।

Cricket Ipl Wai Wai

विशेष