खेल

इपिएलमा पञ्चकन्याको जित, सगरमाथा र विशाल मैदानमा

इपिएलमा पञ्चकन्याको जित, सगरमाथा र विशाल मैदानमा
असोज–१० । एभरेष्ट प्रिमियर लिग क्रिकेट इपिएलमा सोमबार दुईवटा खेल हुँदैछन् । epl-nepal कीर्तिपुर मैदानमा बिहान साढे ९ बजे हुने सुरु भएको पहिलो खेलमा शरद भेषवाकरको कप्तानीमा रहेको पञ्चकन्या तेजले ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको कलर्स एक्स फ्क्याक्टर्सलाई ३४ रनले हराएको छ । त्यस्तै कीर्तिपुरमै दिउँसो साढे १२ बजे सुरु भएको खेलमा सगरमाथा लेजेन्ड्सले विशाल वारियर्ससँग खेल्दैछ । सगरमाथा आइतबार कान्तिपुर गोर्खाजसँग ७ विकेटले पराजित भएको थियो भने विशालले वर्षाका कारण पहिलो खेलमा कान्तिपुरसँग अंक बाँडेको थियो । हालै पारस खड्काको कप्तानीमा रहेको विशाल वारियर्सले १२ ओभरको समाप्तीमा २ विकेटको क्षतिमा ८४ रन बनाएको छ । सगरमाथा लेजेन्ड्स विनोद भण्डारीको कप्तानीमा रहेको छ ।

EPL Nepal

विशेष