खेल

विश्व प्रसिद्ध गल्फ खेलाडीको निधन

विश्व प्रसिद्ध गल्फ खेलाडीको निधन
असोज–१० । विश्व खेलकुदको इतिहासमा महान खेलाडीका रुपमा लिइने अमेरिकी गल्फ खेलाडी आर्नोल्ड पाल्मरको निधन भएको छ । सन् १९२९ मा जन्मिएका पाल्मरको ८७ वर्षको उमेरमा निधन भएको हो । palmer अमेरिकाको पेन्लिसभेनियामा रहेको एक अस्पतालमा उपचारको क्रममा उनको निधन भएको हो । अमेरिकी गल्फ एसोसिएसनले गल्फका महान दूतको निधन भएको भन्दै पाल्मरको निधनको पुष्टि गरेको छ । पाल्मरले विश्वव्यापी रुपमा ९० भन्दा धेरै प्रतियोगिता जितेका छन् । पाल्मरले आफ्नो खेलबाट गल्फलाई नयाँ उचाइमा र्पुयाएका थिए ।

Palmer Gulf Player

विशेष