खेल

भारतको पाँच सयौँ टेस्ट फलदायी

भारतको पाँच सयौँ टेस्ट फलदायी
असोज–१० । भारतले आफ्नो ५ सयौँ टेस्टमा न्युजिल्यान्डलाई १ सय ९७ रनले पराजित गरेको छ । india-new-zealand-test कानपुरको ग्रिनपार्कमा भएको न्युजिल्यान्ड विरुद्धको पहिलो टेस्टको सोमबार ६ विकेट झारेपछि भारतले तीन टेस्टको शृंखलामा १–० को अग्रता कायम गरेको छ । आश्विनले ५ विकेट लिने इतिहास १९ औँ पल्ट दोहो¥याएपछि यो जित सफल भएको हो । भारतले जीतका लागि दिएको ४ सय ३४ रन पछ्याउने क्रममा न्युजिल्यान्ड २ सय ३६ रनमै समेटियो । अश्विनले दोस्रो इनिङमा १ सय ३२ रन खर्चेर ६ विकेट लिए । उनले पुरै खेलमा १० विकेट लिएका छन् । भारतीय स्पिनर अश्विन र रविन्द्र जडेजाले पहिलो टेस्टको दुवै इनिङमा गरि १६ विकेट बाँडेका थिए । जडेजा ‘म्यान अफ दि म्याच’ भए । भारतले पहिले ब्याटिङ गर्ने क्रममा ३ सय १८ रन बनाएको थियो। जवाफमा न्युजिल्यान्डले पहिलो इनिङमा २ सय ६२ रन बनायो। पुनः दोस्रो इनिङमा भारतले ५ विकेटको क्षतिमा ३ सय ७७ रन बनाएपछि इनिङ समाप्तीको घोषणा गर्दै न्युजिल्यान्डलाई ब्याटिङको निम्तो दिएको थियो ।

Cricket india-new-zealand-test-at-kanpur

विशेष