मनोरञ्जन

मिस टिनमा २३ प्रतिस्पर्धीसँग भिड्दै अनुष्का अधिकारी

मिस टिनमा २३ प्रतिस्पर्धीसँग भिड्दै अनुष्का अधिकारी
असोज – १० । मिस टिनको फाइनल काठमाडौंको प्रज्ञाप्रतिष्ठानमा भोलि (मंगलबार) हुने भएको छ । काठमाडौँ जेसिसले आयोजना गरेको मिस टिनको फाइनलमा २३ जना भिड्दै छन् । anuska-adhikari करिब दुई हप्ता जतिको तालिमपछि फाइनल हुन लागेको हो । सबै प्रतिस्पर्धीबीच कडा प्रतिश्पर्धा हुने आयोजकको भनाइ छ । टप १० छनोट हुँदै टप ५ छनोट हुन्छन् । त्यसैबाट प्रथम, दोस्रो र तेस्रो प्रतिस्पर्धीको छनोट हुने आयोजकले जनाएको छ । फाइनलमा भिड्दैछन् एनटिभी प्लसबाट प्रसारण हुने स्मार्ट साथी नामक टेलीसिरियलमा अभिनय गरेकी अनुष्का अधिकारी । हाल उनी कमल पोखरीस्थित सैली थियटरमा अभिनय सिकिरहकी छिन् । उनलाई टिन स्पेस ४ टाइप गरेर ३३००१ मा भोट गर्न सकिने छ ।

Anuska Adhikari Miss Teen

विशेष