स्न्याप च्याटले स्मार्ट चश्मा सार्वजनिक गर्दै
असोज–१० । आफ्नो पहिलो ग्याजेट क्यामेराको रुपमा म्यासेजिङ एप् स्न्याप च्याटले स्मार्ट चश्मा ल्याउने बताएको छ ।
कम्पनीले उक्त स्मार्ट चश्माको नाम स्पेक्टेकल्स राखेको र यसको प्रयोग गरी प्रयोगकर्ताले ३० सेकेण्डसम्मको भिडियो रेकर्ड गर्न सकिने जनाएको छ ।
इभान स्पिङगलले बनाएको उक्त स्पेक्टेकल्स आफ्ना साथीहरुसँग मिलेर रमाइलोकालागि तयार पारेको र अहिले स्न्याप च्याटले यसलाई बजारमा सार्वजनिक गर्ने कुराले आफू उत्साहित भएको बताए ।
उनले आफूहरुको स्मार्ट चश्मा गुगलको स्मार्ट चश्माको तुलनामा धेरै सस्तो हुने दाबी गरेका छन् । उनले आफ्नो स्मार्ट चश्मा १ सय ३० अमेरिकी डलर पर्ने बताए ।
Snyap Chat