समाज स्वास्थ्य

एम्बुलेन्सलाई बाटो नछाड्दा कैयौं बिरामीको बाटामै मृत्यु !

एम्बुलेन्सलाई बाटो नछाड्दा कैयौं बिरामीको बाटामै मृत्यु !
ambulance-in-traffic-jam-nepalaaja
‘१ महिना अघिको कुरा हो । एभरेस्ट हस्पिटलमा १२ वर्ष जतिको बच्चा ल्याइयो । एभरेस्ट हस्पिटलमा उपचार नहुने भएपछि डाक्टरले कान्ति बाल अस्पताल रिफर गरे । बच्चा बेहोस थियो । छिटो छिटो भन्दै बच्चाकी आमा रोइरहेकी थिइन् । तर बाटो पूरै जाम थियो । बल्लतल्ल अस्पताल पुग्यौँ । । म आफैँले वच्चालाई अस्पताल एमरजेन्सीसम्म बोकेर लगेँ । समयमा ल्याएको भए बच्चा बचाउन सकिन्थ्यो भन्दै डाक्टरले बच्चालाई मृत घोषणा गरे ।’ बानेश्वरस्थित एभरेष्ट हस्पिटलका एम्बुलेन्स चालक रामकृष्ण भुजेलले पीडादायी घटना सुनाए । [caption id="attachment_29542" align="aligncenter" width="750"]ram-krishna-bhujel-ambulance-driver-nepalaaja रामकृष्ण भुजेल, एभरेष्ट हस्पिटलका एम्बुलेन्स चालक[/caption]
गोर्खाका रामकृष्ण भुजेलले एक बर्ष यता एभरेस्ट हस्पिटलको एम्बुलेन्स चलाइरहेका छन । त्यसभन्दा पहिले उनले प्राइभेट गाडी चलाउँथे । पहिले पहिले उनलाई जाम हुँदा दिक्क लाग्थ्यो । अहिले जाम देख्यो कि चिन्ता लाग्छ, ‘कतै जामकै कारण बिरामीलाई अस्पताल पुर्याउन नसकेर मृत्यु हुने त होइन ।’ बिरामीका आफन्त उनलाई ‘छिटो छिटो’ भन्दै अत्याइरहेका हुन्छन् । एम्बुलेन्समा बिरामी राखेर ल्याउँदा उनी सधैंजसो दबाबमा हुन्छन् । ‘बाटोमा यस्तो ट्राफिक जाम हुन्छ चाहेर पनि छिचोल्न सकिदैन । त्यहीमाथी बाईक र गाडीहरुले बाटो छोड्दैनन् । कतिपय बिरामी एम्बुलेन्समै मरिसकेका हुन्छन । त्यस्तो बेला खुब ग्लानी हुन्छ ।’ बेदना सुनाउँदै गर्दा उनी भावुक बने । ट्राफिक जामका कारण समयमै बिरामी अस्पताल पुर्याउन सकिदैन भन्ने साक्षी हुन् रामकृष्ण भुजेल । अन्य सवारी साधनले समेत एम्बुलेन्सलाई साइड नदिने गरेको उनको अनुभव छ । ‘एम्बुलेन्सलाई समेत जान दिदैनन् । अर्काको जीबन मरण भन्दा आफ्नो हतार ठूलो ठान्ने मान्छे धेरै देखेँ ।’ मानवता रित्तिदै गरेको समाजको तस्विर शब्दमा व्यक्त गदै थिए भुजेल । २ महिना पहिले बिरामी लिन उनी भक्तपुर गईरहेका थिए । ठुलो मुसलधारे पानी परिरहेको थियो । चाँडो आउनको लागि बिरामीको परिवारबाट फोन आईरहेको थियो । त्यसैले उनले एम्बुलेन्सको गति तिब्र पारेका थिए । तिनकुनेमा एउटा बाईक पछाडिबाट आएर एम्बुलेन्समा ठोकियो । तर, बाईकधनीले एम्वुसलेन्सको गल्ती देखाईदियो । ट्राफिक प्रहरीले पनि एम्बुलेन्सले क्षतीपुर्ती तिर्नुपर्ने बतायो । क्षतीपुर्ती तिर्ने सर्तमा उनी विरामी लिन गए । ‘धेरै गलफत्ती गरेर बसिरहँदा उता बिरामीलाई खतरा । म गल्ती नगरेको फाइन तिर्न राजी भएँ ।’ उनले एम्बुलेन्सलाई अनावस्यक झण्झटमा पार्ने गरिएकोमा भुजेल दुःख व्यक्त गरे । केही समय अगाडि चलचित्र निर्माता रोज राणलाई बानेश्वरमा खुकुरी आक्रमण भयो । खुकुरी आक्रमणका कारण उनको हात छिन्नै लागेको थियो । समयमा ब्याण्डेज नगरिएको भए उनको हात छिन्न सक्थ्यो, उच्च रक्त्तश्रावका कारण जेपनि हुन सक्थ्यो । नजिकै रहेको एभरेस्ट हस्पिटल बानेस्वरमा ब्यान्डेज भयो । बाँकी उपचारका लागि रोज राणालाई ग्रान्डी लैजाने भइयो । त्यतिबेला रामकृष्णले नै एम्बुलेन्स चलाएका थिए । ग्रान्डी पुग्नै जामका कारणले धौधौ परेको उनले बताए । सवारी दुर्घटना, हृदयघात, विष सेवन लगायतका गम्भीर बिरामीलाई एम्बुलेन्समा ल्याइने गरिन्छ । यस्ता बिरामीको जीबन निमेषभरमा तलमाथि हुन सक्छ । तर, छोटो बाटो काट्नै एम्बुलेन्सलाई घण्टौं लाग्ने स्थिति छ । सडक नै ज्यान लिने प्रमुख माध्यम बनेको रामकृष्णको निष्कर्ष छ । सिन्धुलीबाट काठमाण्डौ छिरेपछि अर्जुन कुमार पहाडी सवारी चलाईरहेका छन । १२ वर्षदेखि सवारी चलाएपनि एम्बुलेन्स चलाएको ६ वर्ष मात्र भएको छ । ६ वर्ष देखि उनी सिभिल हस्पिटल बानेस्वरको एम्बुलेन्स चलाईरहेका छन । एम्बुलेन्स चलाउनु उनलाई अन्य सवारी चलाउनुभन्दा गाहे र जिम्मेवारीपुर्ण काम लाग्छ । उनले काठमाण्डौ उपत्यका वरपरका गम्भीर बिरामीहरु अस्पताल पुर्याएका छन् । ‘कतिपय बिरामी बेहोस हुन्छन् । बेहोस होलान् भन्ठानो, मरिसकेका हुँदारहेछन् । डाक्टरले केही मिनेट भो मरेको भन्दा थक्थकी लाग्दछ । जामले गर्दा बचाउँन नसकेको अनुभव गर्दा साह्रै पीडा हुन्छ ।’ पहाडीले भने । । [caption id="attachment_29540" align="aligncenter" width="750"]arjun-kumar-pahadi-ambulance-driver-nepalaaja अर्जुन कुमार पहाडी, सिभिल हस्पिटलका एम्बुलेन्स चालक[/caption]
काभे्रको बिनोद तिमील्सेनाले सिभिल हस्पिटलको एम्बुलेन्स चलाएको ६ वर्ष भईसक्यो । उनले एम्बुलेन्स चलाउदा सवारी जामको कष्ट धेरै भोगेका छन् । एम्बुलेन्सलाई केही अतिरिक्त सुविधा दिइएको छ । लेनक्रस गर्ने, ट्राफिक लाइटले अवरोध नगर्ने आदि । तर यि सुविधाले खाशै टेवा नपुर्याएको बिनोदको बुझाइ छ । उनी भन्छन् ‘दुइटैतिरबाट चलाउन पाईन्छ भनेर के भन्नु, जामले गर्दा समयमा बिरामी पुर्याउन सकिदैन । हाम्रो उपाय नै केही हुँदैन, चाहेर पनि हामी बिरामी बचाउन सक्दैनौँ । बेहोस भएका बिरामीलाई हामी छिटो पुर्याउने कोसिस गर्छौ । ’ [caption id="attachment_29541" align="aligncenter" width="750"]binod-timalsinaambulance-driver-nepalaaja बिनोद तिमील्सेना, सिभिल हस्पिटलका एम्बुलेन्स चालक[/caption]
बाटो नछोड्ने मोटरबाईक र अन्य सवारीसाधनबाट पीडित भएको बिनोद बताउछन् । ‘बाटो नछोड्ने सवारी साधनले दिक्क भएको अवस्थामा जाम भएर बिरामीलाई अस्पताल समयमा पुर्याउन सकिदैन । ’ उनले भने ‘हामी बिरामी बचाउने ध्यानमा हुन्छौँ । बिरामीको परिवारको छट्पटि र बिरामीको अवस्था हेरेर कुदाउछौँ  । एम्बुलेन्स चलाउदा हामीले धेरै कुराको पे्रसर बोकेर चलाउनुपर्छ ।’ उपत्यका बाहिरबाट बिरामी ल्याउँदा बिरामी बाच्ने सम्भावना झनै कम हुने बिनोद बताउछन् । भन्छन् ‘समयमा अस्पताल पुर्याउन नसकेर मर्ने बिरामीहरु धेरै हुन्छन । हामी अस्पताल पुग्दा नपुग्दै अन्त कुदिहाल्नुपर्छ । बिरामीलाई के भयो भन्ने त्यति थाहा हुँदैन । बाटामै मरेको सुन्दा बोर लाग्छ ।’ एम्बुलेन्सलाइ बाटो छोडिदिने संस्कारको विकास भएमा केही छिटो पुग्न सकिने बिनोदको सुझाब छ । ‘हतार सबैलाई हुन्छ, तर एम्बुलेन्सलाई जीवन बचाउने हतार हुन्छ, त्यो कुरा सबैैले बुझ्नु पर्यो । मानीसको जीवन बचाउन केही गर्नु पर्दैन, एम्बुलेन्सलाई बाटो छोडेर सहयोग गरेपुग्छ ।’ बिनोदले ६ बर्ष एम्बुलेन्स चलाउँदा निकालेको सार सुनाए । प्रस्तुति: सागर बुढाथोकी
 

ambulance in traffic causes patient death ambulance problem in kathmandu

विशेष