अन्यायमा परेर सडकमा आएका पीडित भन्छनः सरकार कहाँ छ देखाईदेउ

असोज – १० । झुठो मुद्दाको अभियोगमा विगत छ वर्षदेखि जेलमा रहेका विश्वनाथ गौतमको पीडित परिवार धर्ना बसेको एक साता पुगेको छ । काठमाडांैको नयाँबानेश्वरस्थित ट्रलीबस कार्यालय अगाडि विश्वनाथ गौतमलाई रिहाईको माग गदै गौतमका परिवार धर्नामा बसेका हुन् ।
समयमै रिहाइ नगरे आमरण अनशन तथा सिहंदरबार घेराउ गर्ने बस्ने परिवारले चेतावनी दिएका छन् । धर्ना बसेको एकसाता बितिसक्दा पनि सरकारी निकायबाट केही प्रतिक्रिया आएको छैन । यस्तो हुँदा देशमा सरकार नै नभएको महसुस गरेको दिपाले सुनाईन । पीडित परिवार धर्ना बस्दा समेत सरकार मौन भएकाले अब जुलुस गर्ने गौतमकी श्रीमती दिपाले बताउँछिन् । त्यसका लागि सहयोग गर्न गौतम परिवारले सबैलाई आग्रह गरेका छन् । धर्ना सुरु गर्नु अघि गौतम परिवारले पत्रकार सम्मेलन गरेर सरकारको ध्यानार्कषण् पनि गरेका थिए ।
विश्वनाथलाई युनीटी सञ्चालक भनेर ६ वर्ष अघि पक्राउ गरिएको थियो । उनलाई फसाएर जेल चलान गरेको प्रमाणित भइसकेको गौतम परिवारले बताएका छन् । गौतम यूनिटीको सञ्चालक नभएर कर्मचारी मात्र रहेको कम्पनी रजिष्टारको कार्यालयले प्रमाणित गरिसकेको छ । विगत छ वर्षदेखि गौतम नख्खु कारागारमा छन ।
उनी निर्दोष भएको कुरा कम्पनी रजिष्टारको कार्यालयका साथै गृह मन्त्रालय, नेपाली कागे्रस, नेकपा एमालेलगायतका राजनीतिक दलले स्वीकार गरेर रिहाइ गर्न पत्रचार गरेपनि रिहाइ नभएको उनकी पत्नी दीपा गौतमले रुदैँ भनिन् ।
दीपाअनुसार उनको पति विश्वनाथलाई ठगी मुद्दामा निर्दाेश भएपनि मुद्दा फिर्ता गर्न मिल्दैन भनेर महान्यायवक्ताको कार्यालयले छुटाएको छैन् । तर यूनिटी सञ्चालक भने छुटी सकेका छन् ।
गौतम परिवारलाई अन्याय भएको अग्रज समाज नेपालका अध्यक्ष महाप्रसाद पराजुलीले बताएको छन् । उनले पीडित परिवारको धर्नामा आफ्नो सस्थाको पूर्ण सर्मथन रहेको भन्दै १५० जना भन्दा बढी सदस्य धर्ना कार्यक्रममा उपस्थित भएका थिए । अग्रज समाजका अध्यक्ष पराजुली राज्यसँग प्रश्न गर्दै भन्छन, ‘देशमा ठूला–ठूला अपराधी गुण्डा नाइके खुलेआम हिँड्दा राज्य मौन छ, तर निर्दाेश व्यक्ति छ वर्ष जेलमा बस्दा राज्यले किन रिहाइ गर्न सक्दैन ?’ नेपाली नागरिक यसरी अन्यायमा पर्दा देशमा सरकार नभएको जस्तो मौन बसेकोमा उनले खेद प्रकट गरे ।
मानवअधिकारकर्मी सुबोध प्याकुरेलले लगायत केही अन्य व्याक्तिहरुले निदोर्ष व्याक्तिलाई छुटाउन सहयोग गर्न सबैलाई पहल गरेका छन । उनीहरु भन्छन ‘ हाम्रो देशको प्रक्रिया र प्रवृति यस्तो खतरनाक छ निर्दाेश मान्छेलाई फसाएर, उसलाई जीवन र मरणको दोसारमा पुर्याइन्छ किनकि विश्वनाथ निर्दाेष छन् भन्ने कुरा सबै तिरबाट प्रमाणित भएको छ ।’
धर्ना कार्यक्रममा विश्वनाथ गौतमकी श्रीमती दीपा गौतम, छोरीहरु दीप्ती गौतम र विन्दिला गौतम उपस्थित छन । आफ्नो पढाईलाई माया मारेर न्यायको भिख माग्दै सडकमा बस्दा उनीहरु दुखित भएको बताउछन । ‘आफ्नो निर्दोष बुबा जेलमा पर्दा मर्नु न बाच्नुको अवस्थामा छौ । यस्तो अवस्था कसैलाई नआओस ।’ छोरी भन्छन ‘हामीलाई न्याय चाहिएको छ । त्यसको लागि सबै नेपालीलाई सहयोग गर्न आग्रह गर्छु ।’




