मनोरञ्जन

पार्किङ स्थलमा गरियो चलचित्र ‘सफर’को प्रेस कन्फरेन्स

पार्किङ स्थलमा गरियो चलचित्र ‘सफर’को प्रेस कन्फरेन्स
असोज १० । नेपाली चलचित्र सफर यही असोज १४ गतेबाट देशभर प्रदर्शनमा आउँदै छ । फिल्म रिजिको प्रचार प्रसारको क्रममा आइतबार राजधानिमा फिल्मले पत्रकार सम्मेलन आयोजना गर्यो । पार्किङ स्थलमा गरिएको पत्रकार सम्मेलनले सबैलाई चकित पारिदिएको छ । safar धेरै जसो फिल्मको पत्रकार सम्मेलन महंगा होटलहरुमा गरिन्छ भने सफरले यो वास्ताविकतालाई चिर्दै पार्किङ स्थलमा फिल्मका पत्रकार सम्मेलन गर्यो । फिल्मको कथा पनि पार्किङ स्थलबाटै सुरु हुने भएकाले यो नयाँ प्रयास भएको निमार्ण पक्षले बताएका छन् । अमेरिकामा सुटिङ गरिएको फिल्म भए पनि फिल्ममा नेपाली फ्लेवर भएको जानकारी छ । आशिस श्रेष्ठले निर्देशन गरेको फिल्म सफरमा सन्जय गुप्ता, मनन साप्कोटा, शिविर पौडेल, र नुर्जा श्रेष्ठको मुख्य भूमिका रहेको छ । फिल्म असोज १४ गतेबाट देशभर एकसाथ प्रदर्शन हुँदै छ ।

Suffer

विशेष