Technology

विश्वकै सबैभन्दा ठूलो रेडियो टेलिस्कोप सञ्चालनमा

विश्वकै सबैभन्दा ठूलो रेडियो टेलिस्कोप सञ्चालनमा
असाेज - १० । चीनले विश्वकै सबैभन्दा ठूलो रेडियो टेलिस्कोप सञ्चालनमा ल्याएको छ । bigest-teliscope-in-china प्रारम्भिक अवलोकन गरिसकेको सो टेलिस्कोपले एक हजार प्रकाश वर्षभन्दा टाढा रहेको अन्तरिक्षबाट समेत जानकारी प्राप्त गर्ने क्षमता राख्ने चिनियाँ बैज्ञानिकहरुले जनाएका छन् । परीक्षणका लागि सञ्चालित सो टेलिस्कोप पूर्ण क्षमतामा सञ्चालनमा ल्याउन कम्तीमा पनि तीन वर्ष लाग्ने बताइएको छ । टेलिस्कोपले ब्रह्माण्डलाई बुझ्न र पृथ्वीबाहिर अध्ययन गर्न जाने खगोलशास्त्रीलाई मद्दत गर्ने बताइएको छ । सो उपकरण सञ्चालनमा आएपछि लामो समयदेखि वैज्ञानिक अवलोकनका निम्ति चीनबाहिर जानुपर्ने अवस्था अन्त्य भएको टेलिस्कोप निर्माण योजनाका उप व्यवस्थापकले बताएका छन । वैज्ञानिक अनुसन्धानमा चीन अमेरिकापछि दोस्रो स्थानमा पर्दछ ।

Biggest Telescope in China

विशेष