देश

सामुदायिक वन क्षेत्रमा ६ सय राउण्ड गोली फेला

सामुदायिक वन क्षेत्रमा ६ सय राउण्ड गोली फेला
असोज–१० जाजरकोटको भेरीमालिका नगरपालिका ३ स्थित स्याँलापाखा सामुदायिक वन क्षेत्रमा ५ सय ९० राउण्ड गोली फेला परेको छ । जंगलको भिरमा छरिएर रहेको अवस्थामा विभिन्न क्यालीभरका गोली फेला परेको प्रहरीले बताएको छ । goli जाजरकोट डोल्पा सडकको दक्षिण तर्फ १ सय मीटर तल उक्त परिमाणको गोली फेला परेका निरीक्षक हिक्मत बोहराले जानकारी दिएका छन् । सडकमा आवतजावत गर्ने क्रममा स्थानीयले गोली देखे पछि प्रहरीलाई खबर गरेका थिए । फेला परेको गोली प्रहरी संगठनमा प्रयोग गरीने हतियारमा नलाग्ने खालको भएको बोहराले बताए । त्यस्तै उनले ३ राउण्ड मात्र एस एमजीमा प्रयोग हुने खालको रहेको पनि उनले जानकारी दिए । सशस्त्र द्वन्द्व कालमा लुकाइएका गोली अन्यत्र लैजाने क्रममा जंगलमा छरपरस्ट पारेर भागेको अनुमान गरीएको निरीक्षक बोहराको दाबी रहेको छ ।

Goli Jajarkot

विशेष