बसले ट्रकलाई ठक्कर दिदा एकको मृत्यु, पाँच जना घाईते

असोज - १० । पूर्वपश्चिम राजमार्ग अन्तरगत नवलपरासीको मध्यबिन्दुमा साेमबार दिउँसो भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।
ईलाका प्रहरी कार्यालय नवलपुरको अनुसार नारायणघाटबाट बुटवल तर्फ गुडिरहेको लु १ ख ६९३३ नम्बरको बसले रोकिराखेको ना ४ ख ५०१० नम्बरको ट्रकमा ठक्कर खाँदा बारा तेराकट्टी — ९ का २३ बर्षीय सविन शर्माको घटनास्थलमै ज्यान गएको छ ।
बसमै सवार पाँच जना घाइते छन् । घाईते मध्ये दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । घाइतेहरु मध्यबिन्दु सामुदायिक अस्पताल डण्डामा उपचार भइरहेको छ ।
Accident
Accident in Nawalparashi
