खेल

पञ्चकन्या तेज र विशाल वारियर्स विजयी

पञ्चकन्या तेज र विशाल वारियर्स विजयी
असाेज - १० । काठमाडौंको कीर्तिपुरमा जारी एभरेष्ट प्रिमियर लिग क्रिकेटमा पञ्चकन्या तेज र विशाल वारियर्स विजयी भएका छन् । साेमबार भएको खेलमा पारस खड्काको कप्तानीमा रहेको विशाल वारिर्यसले सगरमाथा लेजेन्डलाई २५ रनले पराजित गरेको हो । epl-nepal टस हारेर पहिले ब्याटिङको जिम्मा पाएको विशाल वारियर्सले निर्धारित ओभरमा ४ विकेटको क्षतिमा १ सय ७४ रन बनाएको थियो । विशालका लागि कप्तान पारस खड्काले १० छक्का र २ चौकाको मद्दतले ९९ रनको योगदान दिए । जवाफमा आएको सगरमाथा निर्धारीत ओभरमा ५ विकेट गुमाउँदा १ सय ४९ रनमा समेटियो । उसका लागि सुनिल धमलाले ५ छक्का र ६ चौकाको मद्दतले ८७ रन बनाएका थिए । आजै भएको पहिलो खेलमा कलर्स एक्स फ्याक्टर्सलाई ३४ रनले पराजित गर्दै पञ्चकन्याले लगातार दोस्रो जित हात पारको थियो । प्रतियोगीताअन्र्तगत भोलि पहिलो खेलमा जगदम्बा राइनोज र कान्तिपुर गोर्खाजबीच प्रतिस्पर्धा हुँदैछ भने दोस्रो खेलमा कलर्स एक्स फ्याक्टर र सगरमाथा लेजेन्डवीच प्रतिस्पर्धा हुँदैछ ।

EPL Nepal

विशेष