मनोरञ्जन

सलमान खानले मोदीलाई दिए चेतावनी, बलिउड कसैको बाउको जागिर होइन, देशै छाेडेर जानु पर्ने

सलमान खानले मोदीलाई दिए चेतावनी, बलिउड कसैको बाउको जागिर होइन, देशै छाेडेर जानु पर्ने

Salman Khan असोज ११ । उरीमा भएको आक्रमण पछि महाराष्ट्र नवनिर्माण सेनाका कार्यकर्ताले पाकिस्तानी कलाकारहरुलाई भारत छोड्न ४८ धण्टाको समय दिँदै धम्की दिएका थिए ।

यस धम्कीलाई बलिउडका किङ सलमान खानले कडा शब्दमा जवाफ दिएका छन् । त्यस्तै पाकिस्तानी कलाकाहरुको पक्षमा समेत बोलेका छन् । उनले भनेका छन,‘बलिउड कसैको बाउको जागिर होइन, यहाँ सबैले काम गर्न सक्छन् ।’

सलमान खानले भनेका छन,‘कलाकारले जहाँ पनि काम गर्न सक्छन् । भारतीय निर्देशकहरुले कामका लागि कुनै राष्ट्रको कलाकार लिन सक्छन् । यसलाई कसैले रोक्न सक्दैन ।’

पाकिस्तानी कलाकारको पक्षमा बोल्नु पनि सलमान खानको कारण रहेको छ । पाकिस्तानी अभिनेता फवाद खानलाई लिएर सलमान खान फिल्म निर्माण गर्दैछन् । विभिन्न पक्षबाट धम्कीहरु आउन थालेपछि भारतमा रहेका पाकिस्तानी कलाकारहरु हाल समस्यामा परेका छन् ।

salman khan

विशेष