खेल

वाइवाइ इपीएलमा राइनोजद्वारा कान्तिपुर गोर्खाज ११ रनले पराजित

वाइवाइ इपीएलमा राइनोजद्वारा कान्तिपुर गोर्खाज ११ रनले पराजित
असोज - ११ । वाइवाइ इपीएल टी २० क्रिकेटमा शक्ति गौचनको जगदम्बा राइनोजले पहिलो जित हात पारेको छ । मंगलबार भएको लो स्कोरिङ खेलमा राइनोजले कान्तिपुर गोर्खाजलाई ११ रनले हराउँदै पहिलो जित दर्ता गराएको हो । epl-nepal १२५ जनाको लक्ष्य पछ्याएको गोर्खाजले २० ओभर खेल्दै ८ विकेटको क्षतिमा ११३ रन मात्र बनाएकाे छ । गोर्खाजका लागि सन्दिप जोहरा र अनिल शाहबाहेक अन्य खेलाडीले दोहोरो अंक जाेड्न सकेनन्। शानदार ब्याटिङ गरेका सन्दिपले नटआउट रहँदै सर्वा्धिक ४२ रन बनाए पनि जितको लागि पर्याप्त हुन सकेन । २८ बल खेलेका उनले समान २ चौका र छक्का प्रहार गरे। यस्तै अनिल शाहले २८ रन जोडेका थिए । १२४ रनको टार्गेट डिफेण्ड गर्ने क्रममा राइनोजका कप्तान शक्ति गौचन, पवन सराफ र प्रेम तामाङले समान २ विकेट लिए भने सोमपाल कामी र शाह आलमले १र१ विकेट लिए । यसअघि कीर्तिपुरस्थित त्रिवि मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको राइनोजले सोमपाल कामीको ४४ रनको योगदानमा निर्धा्रित २० ओभरमा १२४ रन बनाएको थियो । ३० बल खेलेका सोमपालले ४ छक्काको मद्दतमा राइनोजका लागि सर्वा्धिक ४४ रन बनाएका हुन् । यस्तै ओपनर सुबेन्द्र पाण्डेले २१, हासिम अन्सारीले १८ तथा अमित श्रेष्ठले १६ रन जोडेका हुन् । बलिङतर्फ गोर्खाजका कप्तान बसन्त रेग्मीले ३ विकेट लिए भने ललितनाथ राजवंशीले २ तथा ललितसिंह भण्डारीले १ विकेट लिए । जितपछि राइनोजले २ खेलबाट २ अंक जोडेको छ। पहिलो खेलमा राइनोज तेजसँग हारेको थियो । जारी इपीएलमा तेस्रो खेल खेलेको गोर्खाजको भने यो पहिलो हार हो । उद्घाटन खेलमा विशाल वारियर्ससँग अंक बाँडेको गोर्खाजले दोस्रो खेलमा सगरमाथा लेजेण्ड्सलाई पराजित गरेको थियो । गोर्खाजले अब पञ्चकन्या तेज र कलर्स एक्स फ्याक्टरसँग खेल्न बाँकी छ । ३ खेलबाट गोर्खाजको ३ अंक नै रहेको छ ।

Cricket EPL Gorkhas Rainoj waiwai

विशेष