देश

केरौजा पहिरोमा बेपत्ता रञ्जनाको शव भेटियो

केरौजा पहिरोमा बेपत्ता रञ्जनाको शव भेटियो
असाेज - ११ । मनास्लु पदमार्ग केरौजामा गएको पहिरोमा परी बेपत्ता रहेकी रञ्जना बस्नेतको शव बुढीगण्डकी नदीको किनारमा भेटिएको छ । उद्धार टोलीले मंगलबार बिहान रञ्जनाको शव ढंगामाटोले पुरिएको अवस्थामा फेला पारेको हो । manaslu_landslide_p1700867 शव पोष्टमार्टमका लागि हेलिकप्टरबाट शिक्षण अस्पताल काठमाडौं लगिएको छ । रञ्जनाको आफन्तको साथमा शव पोष्र्टमार्टमका लागि पठाएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । ओखलढुंगाको रावादोलु ७ घर भएकी रन्जना कम्युनिटि एक्सन नेपाल क्यानमा काम गर्दै आएकी थिइन् । उद्धारका लागि घटनास्थलमा नेपाल प्रहरीका सात, सशस्त्र प्रहरीका ११ र नेपाली सेनाका २६ जवान परिचालन गरिएको थियो । गएको बिहीबार मनास्लु पदमार्ग अन्तरगत केरौजाको पहिरोमा पुरिएर एक विदेशीसहित ४ जनाको ज्यान गएको थियो । घटनामा १४ जना घाइते भएका थिए ।

Manaslu Landslide manaslu pad marga ma mirtue

विशेष