प्रवास

हुण्डी कारोबारको आरोपमा कोरियामा रेष्टुरेन्ट संचालक नेपाली पक्राउ

हुण्डी कारोबारको आरोपमा कोरियामा रेष्टुरेन्ट संचालक नेपाली पक्राउ
असोज - ११ । दक्षिण कोरियामा एक नेपाली रेस्टुरेन्ट ब्यवसायी हुण्डी कारोबार गरेको आरोपमा कोरियन प्रहरीले पक्राउ गरेको छ । ख्यङगीदो आन्सानमा कान्ति नामक रेस्टुरेन्ट संचालक विनोद सिग्देल पक्राउ परेका हुन् । hatkadi नेपाली कामदारका अनुसार उनले आनसानलगायतका क्षेत्रमा कार्यरत नेपाली कामदारबाट पैसा संकलन गरेर हुण्डी कारोबार गर्दै आइरहेका थिए । उनीले संकलन गरेको पैसा चीनिया नागरिक वा मार्फत नेपाल पठाउने गरेको बताइन्छ । कोरियन प्रहरीले कोरियान वन अपचलन गरेको आरोपमा वालाई पक्राउ गरे लगत्तै सिग्देल प्रहरीको अनुसन्धानको घेरामा परेका थिए । सिग्देलसंगै एक बंगलादेशी नागरिक पनि पक्राउ परेका थिए तर उनी अनुसन्धानपछि रिहा भएका छन् । सिग्देललाई प्रहरीले बिस्तृत अनुसन्धान गरिरहेको छ । उनको ब्यापारिक लाइसेन्स रद्द हुने वा अन्य कुनै खालको सजाय हुनेबारे केहि दिनमा निर्णय हुनसक्ने श्रोतले बतायो । सिग्देल पक्राउ परेपछि नेपाल पैसा पठाउने नेपाली कामदार अन्योलमा परेका छन् । कोरियन प्रहरीले कोरियन वन अपचलन गरेको आरोपमा चीनिया नागरिक ‘वा’लाई पक्राउ गरेर अनुसन्धान गर्ने क्रममा सिग्देल अनुसन्धानकने घेरामा परेका हुन् । उनले ‘वा’को बैंक खातामा अस्वाभाविक रकम स्थानतरण गरेको देखिएपछि प्रहरीले पक्राउ गरेको हो ।सिग्देलसंगै एक बंगलादेशी नागरिक पनि पक्राउ परेका थिए तर उनी अनुसन्धानपछि रिहा भएका छन् । सिग्देललाई प्रहरीले बिस्तृत अनुसन्धान गरिरहेको छ । उनको ब्यापारिक लाइसेन्स रद्द हुने वा अन्य कुनै खालको सजाय हुनेबारे केहि दिनमा निर्णय हुनसक्ने श्रोतले बतायो । सिग्देल पक्राउ परेपछि नेपाल पैसा पठाउने नेपाली कामदार अन्योलमा परेका छन् । कोरियामा यसअघि पनि हुण्डी दलालमार्फत पटकपटक नेपाली कामदार ठगिंदै आएका छन् । सिग्देल कोरियन प्रहरीको नजरमा पहिलादेखि नै पर्दै आएका व्यक्ति हुन् । उनले ख्यङगीदो फारान र प्यान्थेकमा ‘पुर्णिमा’ रेस्टुरेन्ट सन्चालन गरेका थिए । त्यहाँ रहंदा आफ्नै कुकलाई तलब नदिएका कारण उनीमाथि प्रहरीमा उजुरी परेको थियो । कुकको उजुरी छानबिन गरेर प्रहरीले उनलाई २० लाख वन जरिवाना तिराएको थियो । चितवन स्थायी घर भएका सिग्देल परिवार अहिले थानकोटमा बस्दै आएका छन् ।

Hundi Jail Nepali north Korea

विशेष