खेल

पञ्चकन्याको लगातार जित

पञ्चकन्याको लगातार जित
असोज–१२ । एभरेष्ट प्रिमियर लिग (इपिएल) क्रिकेटमा पञ्चकन्या तेजले बुधबारको खेलमा कान्तिपुर गुर्खाजलाई ३४ रनले हराएको छ । epl-nepal टस हारेर ब्याटिङको निम्तो पाएको पञ्चकन्याले पूरा ओभर खेल्दै आठ विकेटको क्षतिमा १ सय २९ रन बनाएको हो । पञ्चकन्याका लागि आशिफ शेखले ३२ रन, पुष्प थापाले ३८ रन साथै दिपेन्द्रसिंह ऐरीले २२ रन बनाए । कान्तिपुरका अभिनाश बोहराले ४ साथै ललित भण्डारी, कृष्ण कार्की र ललित राजवंशीले एक एक विकेट लिए । १ सय ३० रनको लक्ष्य पछ्याएको कान्तिपुरले पूरा ओभर खेल्दै ९ विकेट गुमाएर ९५ रन मात्र बनाउन सक्यो । पञ्चकन्याका लागि दिपेन्द्र सिंह ऐरीले ४, करण केसीले २ साथै भुवन कार्की र सुशिल कँडेलले एक एक विकेट लिए ।

EPL Nepal PanchaKanya

विशेष