Technology

जुकरबर्गको कमाण्ड मान्ने आर्टिफिसियल नोकर

जुकरबर्गको कमाण्ड मान्ने आर्टिफिसियल नोकर
असोज–१२ । घर तथा अफिसको सबै काम गर्न सक्ने नयाँ आर्टिफिसियल इन्टेलिजेन्स (एआई)को विकास हुने भएको छ । फेसबुकका मालिक मार्क जुकरबर्गले एआई बट्रल अर्थात् घरको नोकरलाई सार्वजनिक गर्न लागेका हुन् । mark-zuck-ai यो नयाँ एआई बट्रलले जुकारबर्ग घरको गेटमा पुग्दा बिना पासवर्ड ढोका आफैं खोलिदिने छ । यसले अनुहार स्क्यान गरेर चिन्छ । उनले बनाउन खोजेको एआईले घरको सारा काम गर्नुका साथै अफिस र घरलाई व्यवस्थापन पनि गर्न सक्छ । यसले घरमा पुगेपछि कोठाको बत्ती बाल्ने र एसी अन पनि गरिदिन्छ । यसका लागि कमान्ड जुकरबर्गले बोलेरै दिन्छन् । तर, जुकरबर्गले आफ्नो आवाज मात्र यसमा प्रोग्राम गरेका कारण एआईले उसको कमान्ड मात्रै मान्छ । उनकी श्रीमतीले भनेका कुरा समेत त्यसले बुझ्दैन । उनको यो नयाँ संकल्प अब विश्वभरका मानिसले कुरिरहेका छन् ।

Artificial Intelligence Mark Zuckerberg

विशेष