खेल

पदाधिकारीद्वारा रेफ्रिमाथि हातपात

पदाधिकारीद्वारा रेफ्रिमाथि हातपात
असोज–१२ । जारी सहित स्मारक ‘बी’ डिभिजन लिगमा मंगलबार सातदोबाटोस्थित एन्फा मुख्यालयमा भएको खेलमा श्रीकुमारी क्लबका अफिसियलहरुले रेफ्रिमाथि हातपात गरेका छन् । anfa-logo-1000x0 एनआरटी विरुद्धको खेल श्रीकुमारीलाई ‘ए’ डिभिजन लिगमा उक्लनका लागि महत्वपूर्ण थियो । खेल एक पक्षीय खेलाएको भन्दै रेफ्रिको अन्तिम सिठी फुक्ने बित्तिकै उनीहरु रेफ्रीतर्फ दौडिए । खेल फिफा रेफ्री सुदीश पाण्डे खेलाएका थिए. लाइन्सम्यानमा पदम भुजेल र युनल मल्ल थिए भने फोर्थ अफिसियलमा सन्दिप श्रेष्ठ थिए । श्रीकुमारीका अफिसियलले सुरक्षा व्यवस्था कमजोर भएको फाइदा उठाउँदै रेफ्रीलाई पिट्न थाले । रेफ्रीले पिटाई आइरहँदा आयोजक एन्फा पदाधिकारी भने दर्शक बनेका थिए । १–० गोलले पछि परेको अवस्थामा श्रीकुमारीले बराबरी गोल फर्कायो तर त्यसलाई रेफ्रीले अफसाइड करार गरिदिए । त्यस्तै दोस्रो हाफमै एनआरटीका गोलकिपरले पेनाल्टी बक्स बाहिर आएर बल क्लियर गरेका थिए । त्यसलाई रेफ्रीले फाउल नदिएको भन्दै श्रीकुमारीका अफिसियल आक्रोशित बनेका थिए ।

Anfa Shree Kumari Club

विशेष