समाज

गेष्ट हाउसमा महिलाको शव फेला

गेष्ट हाउसमा महिलाको शव फेला
असोज–१२ । काठमाडौँको एक गेष्ट हाउसमा एक महिलाको हत्या गरेको अवस्थामा शव फेला परेको छ । महानगरपालिका–२२ भोटेबहालस्थित लुम्बिनी गेष्ट हाउसमा दोलखा वावरे–९ घर भएकी ४८ वर्षीया राधिका थापाको शव फेला परेको हो । death-main सोमबार विहानदेखि उक्त गेष्ट हाउसमा उनी र एक जना पुरुष बस्दै आएका थिए । थापालाई उनीले लगाएको सुरुवालले घाँटीमा कसेर हत्या गरेको अवस्थामा मंगलबार फेला पारिएको प्रहरीले बताएको छ । उनीसंगै बसेका व्यक्ति भने फरार रहेको र उनको प्रहरीले खोजतलास गर्नुको साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

Death in gust House

विशेष