‘अप्टिकल फाइबर नेटवर्क’ सञ्चालन गर्न नेपाल टेलिकमले अख्तियारी पायाे
असाेज १२ । मध्यपहाडी (पुष्पलाल) मार्गका ३२ जिल्ला सदरमुकाममा पहुँच पुग्ने गरी ‘अप्टिकल फाइबर नेटवर्क’ सञ्चालन गर्न नेपाल टेलिकमले अख्तियारी पाएको छ ।
सो सम्बन्धी सम्झौतामा मंगलबार सूचना तथा सञ्चार मन्त्रालयका सचिव दिनेशकुमार थपलियाको उपस्थितिमा नेपाल दूरसञ्चार प्राधिकरणसँगको सम्झौतापछि टेलिकमले सो जिम्मेवारी पाएको हो ।
दुई वर्षका लागि भएको सम्झौतामा पाँचथरको चिसोभञ्ज्याङदेखि धादिङको सल्यानटारसम्मको दुई हजार ३७६ किलोमिटर दूरीमा उच्च क्षमताको ‘अप्टिकल फाइबर नेटवर्क’ निर्माण, सञ्चालन र मर्मत गर्ने उल्लेख छ ।
प्राधिकरणका अध्यक्ष दिगम्बर झा र टेलिकमका प्रबन्ध निर्देशक कामिनी राजभण्डारीबीच भएको हस्ताक्षरमा सो कार्यका लागि करिब रु ४.८८ अर्ब लाग्ने अनुमान छ ।
सञ्चार सचिव थपलियाले समयमै काम सम्पन्न गर्न शुभकामना दिँदै बोर्ड ब्याङ्क सञ्जाल स्थापना गर्न सो सम्झौता कोसेढुङ्गा सावित हुने बताए ।
प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले ३२ जिल्ला सो कार्यले बोर्ड ब्याङ्क कनेक्टिभिटी विस्तारका साथै सेवाका मूल्यमा कमी हुने अपेक्षा व्यक्त गरे । रासस
Fiber
Fiber Optical
nepal telicome