प्रवास

ठगी, कागजात कीर्ते र पोर्चुगलबाट नेपाली फर्कने हल्ला मात्र

ठगी, कागजात कीर्ते र पोर्चुगलबाट नेपाली फर्कने हल्ला मात्र
असाेज - १२ । नेपालबाट दुई महिना अगाडि पोर्चुगल गएका तीन युवा नेपाली फिर्ता हुने समाचारको आयोजक युरोपियन संस्थाले खण्डन गरेको छ । आयोजक युरोपियन संस्थाले नेपालीहरु कागजात कीर्ते गरी नक्कली कलाकार बनि युरोप छिरेको भन्ने समाचार हल्ला मात्र भएको बताएको छ । dfd संस्थाले ति नेपालीहरुले समाचारमा भने जस्तो कुनै नराम्रो कृयाकलाप नगरेको उल्लेख गरेको छ । साथै संस्थाले पोर्चुगलको गृह, राजदूताबास र अन्य सम्बन्धित सरकारी निकायलाई पछिल्लो हल्लालाई आधार नमान्न अनुरोध गरिसकेको बताएको छ । यस्तै नेपाली प्रति सम्मान रहेको उल्लेख गरेको छ । उता धादिङबाट काठमाडौंमा आई पर्यटन व्यवसायी  (टुर एन्ड ट्राभल) गर्दै आएका राम कुमार तामाङ (कुमार लामा) ले पनि आफ्नो बारेमा आएको समाचारले आफु आश्चर्यमा परेको बताएका छन् । समाचारमा लेखिए अनुसार नभई धादिङका जगत थापा, दोलखाका जगत श्रेष्ठ, स्याङ्जाका अनिल कोइराला आफ्ना असल मित्र भएको र उनीहरु व्यवहारिक ईमान्दार भएको उनले बताए । आफूले समाचारमा आएको हल्लाको बारेमा आयोजकलाई समेत जानकारी गराएको बताए । अहिलेसम्म आफूले ठगी होइन व्यवसायमा इमान्दारिता गर्दै आएको बताउदै आफू सहयोगी र समाजसेवा भावनाको मान्छे समेत भएको कुमारले उल्लेख गरे । नेपालका कलाकार, संघसस्थासँग आफ्नो राम्रो व्यवहार रहेको साथै उनिहरुलाई आफूले सदैव सम्मान गरेको उनले बताए । यस्तै आफूले कसैलाई वैदशिक रोजगारमा पठाउन त टाढाको कुरा त्यस्ता संस्थासँग आफ्नो सम्बन्ध समेत केही नरहेको संगीतमा समेत रुची राख्ने कुमारले प्रष्ट पारे । साथै आफुले सधैं परिवार, समाजबाट इमन्दारिता, इज्जतको पाठ सिकेकोले आफ्नो व्यवसायमा पनि ईमान्दारिता, सम्मानसँग चलेको कुमारले उल्लेख गरे । यस्तै काठमाडौंका पर्यटन व्यवसायीहरुका अनुसार कुमार लामा कुनै पनि नराम्रो गतिबिधीमा नभई इमान्दार, मिहिनेती युवा व्यवसायी भएको बताए । उनिहरुले व्यवसायमा सामान्य लेनदेन भएपनि समाचारमा आए जस्तो अहिले सम्म कुमारले ठगी गर्दै हिंडेको छैन् । उता धादिङका जगत थापा, दोलखाका जगत श्रेष्ठ, स्याङ्जाका अनिल कोइरालाले पनि समाचारमा आएको विषयले आफूहरु आश्चर्यमा परेको बताएका छन् । साथै कुमार आफूहरुको मित्र रहेको र त्यस्तो नराम्रो कृयाकलाप थाहा नभएको बताएका छन् । आफूहरु बिच कुनै समस्या नरहेको उनिहरुले बताए । - सन्तोष थापा/जर्मन

विशेष