देश

खुट्टा एक्सेलेटर र ब्रेकको बीचमा फस्दा दुर्घटना

खुट्टा एक्सेलेटर र ब्रेकको बीचमा फस्दा दुर्घटना
असोज–१२ । ललितपुरमा एउटा कारले दुईवटा सवारीलाई ठक्कर दिएको छ । घटनामा एक साइकल चालकसमेत घाइते भएका छन् । Accident बुधबार बिहान भएको यो दुर्घटना भने अन्य भन्दा अनौठो प्रकृतिको दुर्घटना भएको हो । दुर्घटनाको कारण चालकको खुट्टा एक्सेलेटर र ब्रेकको बिचमा अड्किँदा भएको खुलेको छ । इमाडोलबाट बालकुमारी आउँदै गरेको बा २ झ ३०२ नम्बरको कार निर्वाचन कार्यालय धुलिखेलका प्रमुख मधुकर प्रसाद पोखरेलले चलाइरहेका थिए । उनले ब्रेक लगाउने क्रममा उनको खुट्टा एक्सिलेटर र ब्रेकको बिचमा अड्किन पुगेको थियो जसले उनको कारको गति कम हुनुको सट्टा तीव्र गतिमा अगाडी हुँइकियो । उनले फँसेको खुट्टा निकाल्ने प्रयास पनि गरे तर असफल भए गाडी रोकिने बेलासम्म उनले एउटा साइकल चालकसहित बा २ ख ३६०५ नम्बरको बस र बा १ ञ २९७६ नम्बरको जीपलाई ठक्कर दिइसकेका थिए । घटनामा साइकल चालक ३० वर्षीय सुबिन श्रेष्ठ सामान्य घाइते भएका छन् । उनको बिबिएन्डबीमा उपचारपछि घर फर्किएको ललितपुर ट्राफिक प्रहरीले जनाएका छन् । त्यस्तै तीनवटै सवारीमा क्षति पुगेको छ । ललितपुर ट्राफ्रिक प्रहरीका प्रमुख सीताराम हाछेथुले कारजस्ता सवारी चलाउँदा खुट्टाको आकारभन्दा ठूलो जुत्ता, चप्पल नलगाउन साथे स्कुटर चलाउँदा सकेसम्म झुण्डिने सलआदि नलगाउन सुझाव दिएका छन् ।

Accident in lalitpur

विशेष