देश

मेडिकल कलेजलाई सम्बन्धन दिनुपर्ने माग राख्दै अर्को अनशन सुरु

मेडिकल कलेजलाई सम्बन्धन दिनुपर्ने माग राख्दै अर्को अनशन सुरु
असोज - १२ । विएण्डसी शिक्षण अस्पताललाई मेडिकल कलेजको सम्बन्धन दिन माग गर्दै स्वास्थ्य शिक्षा नागरिक सरोकार समाज मेचीका उपाध्यक्ष चैतन्य मैनालीले आजदेखि आमरण अनसन सुरु गरेका छन् । bimb स्वास्थ्य क्षेत्रमा देखिएको कमिसन, भ्रष्टाचार र अनियमितताको अन्त्य गरिनुपर्ने तथा मेची अञ्चलका जनताको स्वास्थ्यको उचित सम्बोधन हुनुपर्नेलगायत छ सुत्रीय माग राख्दै मैनालीले अस्पतालभित्रै अनसन सुरु गरेका हुन् । अनसन सुरु गर्नुअघि पत्रकार सम्मेलन गर्दै उनले मेची अञ्चलमा मेडिकल कलेज सञ्चालनका लागि तत्काल सम्बन्धन दिइनुपर्ने, मापदण्ड पूरा गरेको ‘विएण्डसी मेडिकल कलेज, टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टर’लाई मेडिकल कलेजको मान्यता दिन माग गरेका छन् । उपाध्यक्ष मैनालीले मापदण्ड पूरा नगरेका र कानुन विपरित सञ्चालनमा रहेका निजी अस्पताल, नर्सिङहोम, मेडिकल क्लिनिक तत्काल बन्द गर्नुपर्ने पनि बताए। आफ्ना माग सरकारले पूरा नगरेसम्म आमरण अनसन जारी रहने उनको भनाइ छ । रासस

BANC hospital jhapa

विशेष