देश

साढेको आक्रमणबाट एक महिला गम्भिर घाइते

साढेको आक्रमणबाट एक महिला गम्भिर घाइते
असाेज - १२ । साढेको आक्रमणमा परेर रौतहटमा एकजना बृद्धा महिला गम्भिर घाईते भएकी छन । बुधबार दिउँसो दुई बजेको समयमा साढेले आक्रमण गर्दा जिल्लाको गौर नगरपालिका ७५ वर्षकी नागीना साह गम्भिर घाइते भएकी छन् । घाइते साहलाई जिल्ला अस्पताल गौरमा सामान्य उपचार गरेर काठमाडाैं रेफर गरिएको प्रहरीले जनाएको छ । सदरमुकाम गौरमा रहेको नेपाल बिधुत प्राधिकरणको कार्यालयको अगाडि एकआपसमा जुधिरहेको अवस्थामा हिडिरहेकी बृद्धलाई दुबै साढेले आक्रमण गरेको बताइएको छ । साढेको आक्रमणमा परेर टाउको लगाएत शरीरको विभिन्न भागमा चोट लागेर घाइत भएकी बृद्धा साहलाई प्रहरीले समयमै उद्दार गरि अस्पतालमा लगेको जिल्ला प्रहरी गौरले जनाएको छ ।  

Bull attack in rautahat

विशेष