लोक तथा दोहोरी गीत प्रतिष्ठानकाे अध्यक्षमा पंगेनी निर्वाचित

असोज–१२ । कलाकार बद्री पंगेनी लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको अध्यक्षमा निर्वाचित भएका छन् । प्रतिष्ठानको छैंटौँ केन्द्रीय महाधिवेशनले दुई वर्षका लागि पगेँनीको नेतृत्वमा ३९ सदस्यिय कार्यसमिति चयन गरेको हो ।
कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा रमेश बिसी, द्वितीय उपाध्यक्षमा रामजी खाँड, महासचिवमा सुवास केसी र उपमहासचिवमा चौलेन्द्र पौडेल निर्वाचित भएका छन् ।
प्रतिष्ठानको प्रथम उपाध्यक्षमा पशुपति शर्मा, महिला उपाध्यक्षमा रीता थापा, महिला सचिवमा राधिका हमाल र कोषाध्यक्षमा दीपक खड्का र्निविरोध निर्वाचित भएका हुन् ।
पाँच सदस्यको मनोनयन भने पछि गरिने प्रतिष्ठानका पूर्वअध्यक्ष दुर्गा रायमाझीले बताए ।
Badri Pangeni
लोक तथा दोहोरी गीत प्रतिष्ठान
