देश

यातायात व्यवसायीले बन्द गरेकाे बिपी राजमार्ग खुल्याे

यातायात व्यवसायीले बन्द गरेकाे बिपी राजमार्ग खुल्याे
असोज–१२ । बिहान साढे ९ बजेदेखि यातायात व्यवसायीले रुट परमिट नदिएको भन्दै सवारी साधन तेस्र्याएर बन्द गराएको बिपी राजमार्ग प्रहरीले खुलाएको छ । bp-highway बल प्रयोग गरेर राजमार्ग खुलाउने प्रहरीको चेतावनीसँगै व्यवसायीले अवरोध हटाएका हुन् । प्रहरीको चेतावनीसँगै व्यवसायी, चालक तथा यातायात मजदुरहरु खाना खाने बाहना बनाएर राजमार्गबाट बाहिरिएका थिए । एम्बुलेन्स, प्रहरीलगायतका अत्यावश्यक सवारी साधन चल्न नसक्ने गरी अवरोध गरेपछि आफूहरु सडक खुलाउन बाध्य भएको प्रहरी उपरीक्षक उमाशंकर पञ्चियारले बताए । साथै राजमार्ग अबरुद्ध गर्न प्रयोग गरिएका एक दर्जन सवारी साधन र केही व्यवसायीलाई पक्राउ गरिएको उनले बताए ।

BP Highway

विशेष