समाज

गाविस कार्यालय तिर्छन दोहोरो भाडा

गाविस कार्यालय तिर्छन दोहोरो भाडा

gabisa असोज १३ । काभ्रे जिल्लाका अधिकांश गाउँ विकास समितिको कार्यालयले दोहोरो भाडा तिर्ने गरेका छन् ।

गाउँ र सदरमुकाममा सचिवहरुले कार्यालय प्रयोजनका लागि भन्दै दुवै स्थानमा कोठा लिएर कार्यालय सञ्चालन गरी दोहोरो भाडा तिर्ने गरेका हुन् । गाविस सचिवहरु सदरमुकाम केन्द्रित भएपछि अधिकांश गाविसले दोहोरो भाडा तिर्ने गरेका हुन ।

द्वन्द्वकालमा विद्रोही पक्षले गाविस भवनमा तोडफोड गरेपछि भवन पुनर्निर्माण नभएकाले दोहोरो भाडा तिर्नुपरेको गाविस सचिवको भनाइ छ । ‘सेवाग्राहीलाई गाएँभन्दा सदरमुकाबाट सहज हुने भद्धएकाले सदरमुकामबाटै सेवा दिइरहेका छौं, एक गाविस सचिवले भने, सानो काम विग्रिए पनि गाउँ फर्कनुभन्दा सदरमुकाममै गर्न सजिलो हुन्छ ।

अन्नपूर्णपोष्ट

gabisa Gabisa Karyalaya

विशेष