मनोरञ्जन

केकीलाई भगाए दयाहाङले

केकीलाई भगाए दयाहाङले

dayahang-and-keki-2 असोज १३ । सिन्धुलीगढी नगरपालिका– जमनुनाटारमा बुधबार बिहानैदेखि डुलो खैलाबैला सुरु भयो । छिमेकी गाँउ निवुवाटारबाट कसैले केटी भगाएर ल्याएको खबर टोलटोलमा फैलिएको थियो । विपी राजमार्गबाट झण्डै तीन किमि मात्रै भित्र रहेको यो चुरे क्षेत्रको चुरो कुरा चाही के थियो भने अभिनेता दयाहाङ राईले अभिनेत्री केकी अधिकारीलाई भगाएर साथिको घरमा लुकाउन ल्याएका थिए ।

छिनभरमै ती भगौडा जोडिलाई हेर्न गाँउलेहरुको भिड लाग्यो । दयाहाङ र केकी पासाङको घरमा भात खाँदै थिए । एक्कसी केकी उठिन र बाहिर आइन् । उनले त उल्टी पो गर्न थालिन । हल्का लाज मानेका दहाहाङले उल्टी चाही नगरिहालेको भए हुन्थ्यो भने तर केकीले तत्काल जवाफ फर्काइन आइहाल्यो त के गर्नु ।

यो दृष्य साच्चिकै नभए पनि चलचित्र घामपानीको सुटिङमा सिन्धुलमा भएको हो । यो दृष्य उनिहरुका फ्यानका लागि साच्चिकै रमाइलो थियो ।

Dayahang Rai Keki Adhikar

विशेष