मनोरञ्जन

अक्षयले मराठी पढाउने शिक्षिकालाई ‘आई लभ यु‘ भनेपछि...

अक्षयले मराठी पढाउने शिक्षिकालाई ‘आई लभ यु‘ भनेपछि...
akchya बलिउड अभिनेता अक्षय कुमारले आफ्नो पहिलो प्रेमको रहस्य खुलाएका छन् । उनी आफ्नो मराठी क्लासको समयमा उनलाई मराठी पढाउने शिक्षिकासँग प्रेममा परेका थिए । यसको मतलव अक्षयको पहिलो प्रेम उनकी मराठी शिक्षिका थिइन् । उनले विद्यार्थी र शिक्षकको ‘क्रस’लाई लिएर बनेको फिल्म ‘कौल मनाचा’को म्युजिक लन्चको समयमा यो कुरा सार्वजनिक गरेका हुन् । उनले भने,  'त्यस समय म ६ कक्षामा पढ्थेँ । मलाई मराठी पढाउने शिक्षिका मलाई एकदमै मन पथ्र्यो । यो कुरा मेरो कक्षाका साथीहरुलाई पनि थाहा थियो । तर जब मैले शिक्षिकालाई ‘आई लब यु’ भनेर उनीसँग विवाह गर्ने कुरा गरैँ मलाई विद्यालयबाट सजाय दिइयो ।' फिल्म ‘कौल मनाचा’ एक मराठी फेमिली नाटक हो जुन २१ अक्टोबरमा रिलिज हुँदै छ ।

Akchya Kumar

विशेष