खेल

कान्तिपुर गोर्खाज् लिगबाटै बाहिरियाे

कान्तिपुर गोर्खाज् लिगबाटै बाहिरियाे
असोज–१३ । एभरेस्ट प्रिमियर लिग (ईपीएल) अन्तर्गत त्रिवि क्रिकेट मैदानमा भएको बिहीबारको खेलमा कलर्स एक्स फ्याक्टर्सले कान्तिपुर गोर्खाज्लाई १५ रनले पराजित गरको छ । epl-nepalवसन्त रेग्मीको कप्तानी रहेको कान्तिपुर गोर्खाज् लगातार तेस्रो खेलमा पराजित भएसँगै जारी ईपीएलबाट बाहिरिएको छ । कलर्स एक्स फ्याक्टर्सले प्रस्तुत गरेको १ सय २५ को लक्ष्य पछ्याउने क्रममा कान्तिपुर गोर्खाज्ले मात्र १ सय ९ रन मात्र बनायो । कान्तिपुर गोर्खाज्लाई सस्तैमा रोक्ने क्रममा एक्स फ्याक्टर्स तर्फबाट बलर अमर राउटेलाले सर्वाधिक ३ विकेट लिएका थिए । त्यस्तै अविनाश कर्णले २ विकेट लिएका छन् । कान्तिपुर गोर्खाजका तर्फबाट प्रदीप ऐरिको ३१ रन नै सर्वाधिक रह्यो ।

EPL Kantipur Gorkhs

विशेष